२ सातापछि ७८ बर्षमा प्रवेश गर्दै बाइडेन, को कति बर्षमा राष्ट्रपति भए ?


प्रकाशित मिति : कार्तिक २२, २०७७ शनिबार

नवनिर्वाचित राष्ट्रपति जो बाइडेन अबको दुईसातापछि ७८ बर्षमा प्रवेश गर्दैछन् । अमेरिकी इतिहासमा बाइडेन सबैभन्दा बढी उमेरमा राष्ट्रपति हुँदैछन् । उनी पहिलो कार्यकाल पूरा गर्दा ८२ बर्षका हुनेछन् ।

वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प ७० बर्षको उमेरमा अमेरिकी राष्ट्रपति भए भने त्यसअगाडि बराक ओबामा ४७ बर्षको उमेरमा राष्ट्रपति भए ।

जर्ज डब्लु बुस ५४ बर्षको उमेरमा अमेरिकी राष्ट्रपति भएका थिए । बिल क्लिन्टन ४६ बर्षको उमेरमा राष्ट्रपति भए । जर्ज बुस सिनियर ६४ बर्षको उमेरमा राष्ट्रपति भएका थिए ।

रोनाल्ड रेगन ६९ बर्षको उमेरमा र जिम्मी कार्टर ५२ बर्षको उमेरमा राष्ट्रपति भएका थिए । कार्टर अहिले ९६ बर्षका भए भने उनी सबैभन्दा धेरै उमेर बाँच्ने अमेरिकी राष्ट्रपति हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जिम्मी कार्टर

जेराल्ड फोर्ड ६१ बर्षको उमेरमा र रिचर्ड निक्सन ५६ बर्षको उमेरमा अमेरिकी राष्ट्रपति भएका थिए । लेन्डन जोन्सन ५५ बर्षको उमेरमा र जोन अफ केनेडी ४३ बर्षको उमेरमा अमेरिकी राष्ट्रपति भएका थिए । केनेडी भन्दा अगाडि ५० बर्षको उमेरभन्दा पहिले राष्ट्रपति हुने थियोडोर रुजभेल्ट थिए । उनी ४२ बर्षको उमेरमा अमेरिकाको राष्ट्रपति भएका थिए ।

त्यो अगाडि १८३७ मा ग्रोभर क्लीभल्याण्ड ४७ बर्षमा अमेरिकाको राष्ट्रपति भएका थिए । त्यो भन्दा अगाडि ४ जना अमेरिकी राष्ट्रपतिहरुले ५० बर्षभन्दा कम उमेरमा नै पदभार ग्रहण गरेका थिए ।

जर्ज वासिंटन ५७ बर्षको उमेरमा राष्ट्रपति भएका थिए भने थोमस जेफर्सन र जेम्स मेडिसन पनि ५७ बर्षकै उमेरमा राष्ट्रपति भएका थिए । अब्राहम लिंकन ५२ बर्षको उमेरमा अमेरिकी राष्ट्रपति भएका थिए ।

४६ राष्ट्रपतिहरुमध्ये ५० बर्षभन्दा कम उमेरमा अमेरिकी राष्ट्रपति हुनेहरु ८ जनामात्र रहेका छन् । ६० कटेर हुनेहरु १२ जना रहेका छन् भने ७० कटेपछि राष्ट्रपति हुनेहरु ट्रम्प र बाइडेनमात्र हुन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com