विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस ‘सेल्फ क्वारेन्टीन’मा
प्रकाशित मिति : कार्तिक १६, २०७७ आईतबार

विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका प्रमुख तथा महानिर्देशक डाक्टर टेड्रोस आधनम गेब्रियससले आफू क्वारेन्टीनमा बसेको जानकारी दिएका छन्। कोरोना संक्रमितको सम्पर्कमा आएको थाहा भएपछि आफू क्वारेन्टीनमा बसेको उनले बताएका छन् ।
उनले आफूमा कुनै लक्षण नदेखिएको र आफ्नो अवस्था राम्रो भएको बताएका छन् । तर सावधानीका लागि आफूले घरबाटै कार्यालयका काम गर्ने बताएका छन्। सबैजनाले स्वास्थ्य निर्देशिकाहरु पालना गर्न आवश्यक रहेको बताएका छन् ।
I have been identified as a contact of someone who has tested positive for #COVID19. I am well and without symptoms but will self-quarantine over the coming days, in line with @WHO protocols, and work from home.
— Tedros Adhanom Ghebreyesus (@DrTedros) November 1, 2020
कोरोनाको महामारी सुरुभएदेखि ट्रेड्रोसले विश्व स्वास्थ्य संगठनमा अगाडि रहेर काम गरिरहेका छन् । उनले भाइरस नियन्त्रणका लागि र भ्याक्सिन निर्माणका लागि विश्वका सरकारका नेताहरु र वैज्ञानिकहरुसँग काम गर्दै आएका छन् ।
उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने कडा आलोचना गर्दै आएका छन् । चीनप्रति कडा रवैया नअपनाएको भन्दै ट्रम्पले उनको आलोचना गरेका हुन् ।