गएराती अमेरिकामा बज्यो दुईपटक एक
प्रकाशित मिति : कार्तिक १६, २०७७ आईतबार
गएराती अमेरिकामा दुईपटक एक बजेको छ । एकपटक नियमित रुपमा नै एक बज्यो भने अर्कोपटक १ बजेर ५९ मिनेट गइसकेपछि २ नबजी एक नै बज्यो ।
नोभेम्बर १ डेलाइट सेभिङ समयका कारण २४ होइन २५ घण्टाको भएको हो । जसमा कारण म्यानुअल घडीहरु एकघण्टा अगाडि सार्नुपर्ने भएको छ । तपाईको म्यानुअल घडीमा १० बजिरहेको छ भने ९ बजेको बनाउनुपर्नेछ ।
बेलुका १० बजेदेखि ६ बजेसम्म सुत्ने तालिका बनाएकाहरुले ८ घण्टाको साटो थप १ घण्टा अर्थात् ९ घण्टा सुत्न पाए भने रातीमा काम गर्नेहरुले भने ८ घण्टाको साटो ९ घण्टा काम गरे ।
१ घण्टा समय बढेकाले माइक्रोवेभ, हातेघडी, भित्तेघडी, ओभन जस्ता चिजहरुमा घडी एकघण्टा अगाडि सार्नुपर्नेछ भने मोबाइल, ल्यापटप जस्ता इन्टरनेट कनेक्ट हुने डिभाइसहरुमा घडी आफै १ घण्टा अगाडि सर्नेछ ।
गत ८ मार्चबाट डेलाइट सेभिङ समय सुरुवात भएकोमा नोभेम्बर १ बाट समाप्त भएको छ । मार्च ८ भने २३ घण्टाको मात्र थियो । आगामी मार्च १४ बाट डेलाइट सेभिङ समय सुरु हुनेछ । मार्च १४ डेलाइट सेभिङका कारण २३ घण्टाको मात्र हुनेछ । त्यस्तै सन् २०२१ को नोभेम्बर ७ डेलाइट सेभिङका कारण २५ घण्टाको हुनेछ ।