इंग्ल्याण्डमा नोभेम्बर ५ देखि डिसेम्बर २ सम्म एक महिने लकडाउन घोषणा


प्रकाशित मिति : कार्तिक १५, २०७७ शनिबार

इंग्ल्याण्डमा एक महिने लकडाउन घोषणा भएको छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले शनिबार अपरान्ह प्रधानमन्त्री कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा आउंदो विहिबार नोभेम्बर ५ देखि लागू हुने गरी लकडाउन घोषणा गरेका छन् । ४ साता लामो लकडाउन डिसेम्बर २ सम्म लागू रहनेछ ।

यो लकडाउनमा देशव्यापी रुपमा अत्यावश्यकबाहेकका सबै पसल बन्द रहनेछन् तर सुपरमार्केटहरु खुला रहनेछन् ।

सर्वसाधारणलाई ‘स्टे होम’ (घरमै बस्न) र आफ्नो क्षेत्रभन्दा बाहिर यात्रा नगर्न आव्हान गरिनेछ । फरक घरका मानिसहरुसँगको  जमघटमा प्रतिवन्ध लगाइनेछ । अन्य घरको एक जनासम्मलाई आउटडोर (घरबाहिर) भेट्न छुट पाइनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फोटोः मार्क क्लाउस

रिक्रियसन सेन्टर, हस्पिटालिटी क्षेत्रका पब, रेष्टुरेन्ट सबै बन्द रहनेछन् तर टेक-अवे, डेलिभरी सेवा खुला राख्न दिइनेछ  । स्कुल, कलेज र विश्वविधालयहरु बन्द गराइने छैन् ।

कोरोना भाइरस संक्रमण तीव्र रुपमा बढ्दै गएपछि बेलायतमा दोस्रोपटक लकडाउन घोषणा भएको हो ।

यसअघि गत मार्च अन्तिम सातादेखि घोषित लकडाउन संक्रमण घट्दै गएपछि जुनदेखि क्रमश: खुकुलो पार्दै लगिएको थियो । तर, पछिल्लो  समय संक्रमण फेरि बढ्दै जाँदा क्षेत्रगत रुपमा फरक-फरक तहका प्रतिवन्धहरु लागू गरिएको  थियो ।

शनिबार मात्रै बेलायतमा कोभिड संक्रमणका केस १० लाख नाघेका छन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com