कामदार भिसाको लोटरी प्रणाली बन्द गर्ने ट्रम्प प्रशासनको प्रस्ताव


प्रकाशित मिति : कार्तिक १३, २०७७ बिहीबार

ट्रम्प प्रशासनले अमेरिकामा कामदार भिसा एच वान बीको लोटरी बन्द गर्ने प्रस्ताव ल्याएको छ । लोटरीको सट्टा अधिकतम तलब भएका जागिरहरुलाई प्राथमिकता दिनेगरी कामदार भिसाका आवेदकहरु छनौट गर्ने प्रस्तावमा उल्लेख गरिएको छ ।

बुधबार घोषणा गरिएको यो प्रस्ताव फेडरल रजिष्टरमा प्रकाशित हुनेछ । उक्त प्रस्तावमा ३० दिनको कमेन्ट अवधि दिइने भएको छ । त्यस्तै सुचना संकलनको प्रयोजनका लागि ६० दिनको कमेन्ट अवधि दिइएको छ । यो नियम प्रस्तावित नियम भएकाले तत्कालै लागु हुनेछैन । कमेन्ट अवधि समाप्त भएपछि अन्तिम नियम प्रकाशित हुनसक्नेछ ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फेडरल रजिस्टरमा प्रकाशित गरिने प्रस्तावित नियम यस्तो छ ।

अहिलेको छनौट प्रणाली लोटरी प्रणालीबाट भएकाले बढी तलब दिने विजनेशहरुलाई निकै मुस्किल भएको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी केन कुचिनेलीले बताएका छन् । अहिलेको प्रणालीका कारण अमेरिकी कामदारलाई आघात पुगेको उनको भनाई छ ।

अमेरिकी सरकारले हरेक बर्ष ८५ हजारलाई कामदारभिसा एचवान बी प्रदान गर्दै आएको छ । त्यसका लागि सरकारले लोटरी प्रणाली गर्दै आएको छ । गत मार्चदेखि भने विद्युतीय रुपमा अनलाइनबाटै दर्ता गर्न सकिने प्रणालीको सुरुवात गरिएको थियो । .

अहिलेको यो प्रस्तावित नियम ट्रम्पको कार्यकाल सकिनु अगाडि नै कार्यान्वयनमा ल्याउन खोजिएको छ । आगामी मार्च भन्दा अगाडि नै यो नियम कार्यान्वयनमा ल्याइने जनाइएको छ । आगामी चुनावमा जसले जितेपनि डोनाल्ड ट्रम्पको यो कार्यकाल आगामी जनवरी २० सम्म कायम रहनेछ । ट्रम्पले जितेका ट्रम्प प्रशासनले सुरु गरेका प्रस्तावित नियमहरु कार्यान्वयन गर्नेछन् भने जो बाइडेनले जितेमा ट्रम्पले ल्याएका नीतिहरु उल्टाउने सम्भावना रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com