चुनाव अगाडि राहत प्याकेजको सम्भावना समाप्त, एकअर्कालाई आरोप प्रत्यारोप


प्रकाशित मिति : कार्तिक ११, २०७७ मंगलबार

चुनाव अगाडि कोरोना सम्बन्धि राहत प्याकेजको सम्भावना समाप्त भएको छ । त्यसका लागि डेमोक्र्याट्स र ह्वाइटहाउसले एकअर्कालाई आरोप लगाएका छन् । हाउस स्पीकर न्यान्सी पेलोसीले चुनाव अगाडि दोश्रो चरणको राहत प्याकेज पारित गर्न असफल भएको आरोप ह्वाइटहाउसलाई लगाएकी छिन् ।

डेमोक्रेटिक सांसदहरुलाई लेखेको पत्रमा पेलोसीले ह्वाइट हाउस दुर्घटनाका कारण होइन, निर्णयकै कारण दोश्रो चरणको राहत प्याकेज पारित गर्न दयनिय रुपमा असफल भएको बताएकी छिन् ।

पेलोसी र युएस ट्रेजरी सेक्रेटरी स्टेभन मन्चिनबीच राहत प्याकेजबारे विभिन्न चरणका वार्ताहरु भएका थिए । तर वार्ता निष्कर्षमा पुग्न भने सकेन । पेलोसीले सहमतिका लागि गतसाताको डेडलाइन राखेपनि त्यसपछि भएका प्रयत्नहरुसमेत निष्कर्षमा पुग्न सकेनन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैबीच राहत प्याकेज पारित हुन नसकेकोमा राष्ट्रपति डोनाल्ड ट्रम्पले पेलोसीलाई आरोप लगाएका छन् । उनले चुनावपछि ठूलै राहत प्याकेज पारित गर्ने आश्वासन समेत दिएका छन् । चुनावपछि अहिलेसम्म देखेकोमा सबैभन्दा राम्रो प्याकेज पारित हुने ट्रम्पले बताएका छन् ।

अमेरिकी चुनाव आउन अब झण्डै एकसाता बाँकी रहेको छ । तर कोरोनाको महामारीका कारण यस पटक चुनावका नतिजाहरु आउन कैयन दिन लाग्ने अनुमान गरिएको छ । संसदबाट राहत प्याकेज पारित हुन नसक्दा अमेरिकनहरु गरिबीतिर धकेलिएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com