मेडिकेड र मेडिकेयरले पनि कोरोना भ्याक्सिन कभर गर्ने घोषणा गर्दै ट्रम्प प्रशासन


प्रकाशित मिति : कार्तिक ११, २०७७ मंगलबार

ट्रम्प प्रशासनले कोरोनाबिरुद्धको भ्याक्सिन मेडिकेड र मेडिकेयरले पनि कभर गर्ने घोषणाको तयारी गरेको छ । अर्थात् यो घोषणापछि मेडिकेड र मेडिकेयर स्वास्थ्यविमा हुनेहरुले पनि निशुल्क कोरोनाबिरुद्धको भ्याक्सिन लगाउन पाउनेछन् ।

वर्तमान नीति अन्तरगत भने कोरोनाबिरुद्धको भ्याक्सिनलाई मेडिकेड र मेडिकेयरले कभर गर्दैन । तर ट्रम्प प्रशासनले नयाँ नीति घोषणा गरेमा अमेरिकाको खाद्य तथा औषधी प्रशासनले आपतकालिन स्वीकृति प्रदान गर्ने योजना रहेको कोरोनाबिरुद्धको भ्याक्सिनको लागि मेडिकेयर र मेडिकेड हुनेहरुले पनि अतिरिक्त शुल्क तिर्नुपर्दैन ।

अमेरिकामा ६५ बर्ष पुगेका र कम उमेरका अपांगता भएकाहरुलाई पनि मेडिकेयरको सुविधा दिइदै आएको छ । यो सन् १९६६ मा सुरु भएको राष्ट्रिय स्वास्थ्य विमा कार्यक्रम हो । त्यस्तै कम आम्दानी हुनेहरुले अमेरिकामा मेडिकेडको सुविधा प्राप्त गर्दै आएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्प प्रशासनले कोरोना भ्याक्सिनलाई मेडिकेड र मेडिकेयरले कभर गर्नेगरी मंगलबार वा बुधबार नीति घोषणा गर्ने जनाइएको छ । अमेरिकामा कम्तीमा २ वटा भ्याक्सिन निर्माण कम्पनीले यो बर्षको अन्त्य अगाडि नै भ्याक्सिनको आपतकालिन स्वीकृतिका लागि एफडीए समक्ष आवेदन दिने योजना बनाएका छन् ।

आपतकालिन अनुमति लिएपछि मुलुकमा संकटकालको अवस्था रहेको बेलामा भ्याक्सिनको वितरण गर्न सकिन्छ । त्यसका लागि पूर्ण अनुमतिमा जस्तो सबै र धेरै मापदण्डहरु पूरा गर्नु पर्दैन । अमेरिकामा फाइजर र मोडेर्नाले भ्याक्सिन निर्माणको काम दु्रत गतिमा गरिरहेका छन् ।

अहिले विश्वमा झण्डै १० वटा भ्याक्सिनहरु तेश्रो चरणको क्लीनिकल परीक्षणका क्रममा रहेका छन् । बेलायतको आष्ट्राजेनेका र बेल्जियमको जोन्सन एण्ड जोन्सनले पनि तेश्रो चरणको क्लीनिकल परीक्षण जारी गरेका छन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com