Follow @khasokhasmag

सर्वोच्च अदालतको न्यायाधिसमा एमी कोनी ब्यारेटको सपथग्रहण


प्रकाशित मिति : कार्तिक १०, २०७७ सोमबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट सर्वोच्च अदालतको न्यायाधिसमा सिफारिस गरिएकी एमी कोनी ब्यारेटले संवैधानिक सपथग्रहण गरेकी छिन् ।  सिनेटमा आज भएको अन्तिम मतदानमा ५२ मतले ब्यारेटको मनोनयन सदर गरिएको थियो । विपक्षमा ४८ मत खसेको थियो ।

सपथग्रहण समारोहमा बोल्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो अमेरिकाका लागि महत्वपूर्ण दिन भएको बताएका छन् । ट्रम्पले ब्यारेटको बौद्धिकताको समेत प्रशंसा गरेका छन् । ब्यारेटले संवैधानिक सपथ लिएपनि न्यायिक सपथ भने लिन बाँकी नै रहेको छ । अमेरिकी राष्ट्रपतिको चुनावमा आउन झण्डै एकसाता बाँकी रहँदा सिनेटबाट ब्यारेटको मनोनयन सदर गरिएको हो ।

न्यायाधिस रुथ बेडर गिन्सबर्गको निधनपछि रिक्त स्थानमा ब्यारेटको नाम सिफारिस गरिएको थियो । अब अमेरिकाको सर्वोच्च अदालतमा कन्जरभेटिभ न्यायाधिसको भारी बहुमत भएको छ ।

amy coney

ब्यारेट यस अगाडि पुनरावेदन अदालतमा रहेकी थिइन् । उनको नियुक्तीपछि सर्वोच्चमा रिपब्लिकन नियुक्त न्यायाधिसको संख्या ६ र डेमोक्र्याट्स नियुक्त न्यायाधिसको संख्या ३ भएको छ ।

४८ बर्षकी ब्यारेटलाई सेभेन्थ सर्किट कोर्टमा डोनाल्ड ट्रम्पले नै सिफारिस गरेका थिए । पुनरावेदनमा सन् २०१७ को अक्टोबर ३१ मा उनको नियुक्ती सिनेटले पारित गरेको थियो ।

सन् २०१६ मा न्यायाधिस एन्टोनिन स्कालियाको निधन फरबरीमा हुँदा तत्कालिन राष्ट्रपति बराक ओबामाले गाल्र्याण्डलाई नोमिनेट गरेका थिए । तर सिनेटले चुनाव अगाडि न्यायाधिसको नाममा मतदान गरेन । पछि डोनाल्ड ट्रम्प नियुक्त भइसकेपछि निल गोर्सचलाई नियुक्त गरेका थिए भने सिनेटले पनि उनको नाम पारित गरेको थियो ।

बिल क्लिन्टनले गेन्सबर्गलाई सन् १९९३ मा सर्वोच्च अदालतको न्यायाधिस नियुक्त गर्दा पनि झण्डै ७० दिन लागेको थियो ।

यसअगाडि सन् २०१८ मा रिटायर्ड भएका एन्थोनी केनेडीको स्थानमा पनि डोनाल्ड ट्रम्पले नै न्यायाधिस नियुक्त गरेका थिए । एन्थोनी केनेडीलाई रोनाल्ड रेगनले नियुक्त गरेपनि उनी सधै कन्जरभेटिकका पक्षमा भने उभिएका थिएनन् । बराक ओबामाको कार्यकालमा भने सर्वोच्च अदालतमा २ जना न्यायाधिस नोमिनेट गरेका थिए, जसमा दुबैजना महिला थिए ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com