हतियार र बिष्फोटकसहित पक्राउ १९ बर्षीयले बाइडेनको हत्याको योजना बनाएको खुलासा


प्रकाशित मिति : कार्तिक ७, २०७७ शुक्रबार

हतियार र बिष्फोटकसहित पक्राउ परेका १९ बर्षका व्यक्तिले अमेरिकी राष्ट्रपति उम्मेदवार जो बाइडेनको हत्याको योजना बनाएको खुलासा भएको छ । अलेक्जेण्डर हिलेल ट्रिज्म्यान नामका ती व्यक्ति डेलाबरमा रहेको जो बाइडेनको घरको ४ माइलको आसपास पुगेक थिए ।

गत मे महिनामा ती व्यक्तिलाई ५ वटा बन्दुक, भ्यानमा केही बिष्फोटक पदार्थ र ५ लाख डलर नगदसहित पक्राउ गरिएको थियो । उनले बाइडेनको हत्या गर्ने योजना बनाएको भने अहिले अदालती कागजातबाट खुलासा भएको छ । चाइल्ड पोर्नोग्राफी सामाग्री राखेको र प्रशारण गरेको समेत आरोप लागेका उनलाई हिराशतमा राखिएको छ ।

ती व्यक्तिलाई नर्थ क्यारोलिनामा पक्राउ गरिएको हो । उनले केही अगाडि न्यु ह्याम्पशायरमा एआर १५ राइफल किनेको जनाइएको छ । मेम शेयर गर्ने वेवसाइट आइफनीमा उनले जो बाइडेनको हत्या गर्ने कुरा समेत अप्रिल १५ मा शेयर गरेको अदालती आदेशमा उल्लेख गरिएको छ ।

सेप्टेम्बरमा उनलाई चाइल्ड पोर्नोग्राफीको मात्र अभियोग लगाइएपनि अक्टोबरमा उनले बाइडेनको हत्या समेत योजना बनाएको अनुसन्धानबाट खुलेको थियो । माचदेखि मे को बीचमा ती व्यक्तिले बाइडेनको घरको ठेगाना इन्टरनेटमा खोजेको र डेलावरको बन्दुक सम्बन्धि कानुनबारे खोजेको पाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले नाइट भिजन गगलबारे सर्च गर्नुका साथै बाइडेनको घरभन्दा ४ माइल नजिकको क्याफेमा पुगेको समेत खुलासा भएको छ । साथै उनले चेकलिष्ट बनाएर मृत्युदण्ड भन्ने शब्दसमेत लेखेको भेटिएको छ । विगतका भने ती व्यक्ति कुनै आपराधिक पृष्ठभूमि देखिएको छैन ।

बैंकको पार्किङ लटमा छाडिएको उनको गाडी प्रहरीले नियन्त्रणमा लिंदा गाडीमा बिष्फोटकहरु बनाउने, अस्थायी हतियार निर्माण गर्ने र इस्लामका बारेमा केही पुस्तकहरु भेटिएका थिए । गाडीमा राइफलहरु, बिष्फोटक र ५ लाख ९ हजार अमेरिकी डलर समे बरामत भएको थियो । पछि ट्रिज्म्यान आफ्नो गाडी खोज्दै बैंकको पार्किङ लटमा आएको जनाइएको छ ।

बैंकका कर्मचारीले प्रहरीलाई खबर गरेपछि तुरुन्तै प्रहरी आएर ट्रिज्म्यानलाई पक्राउ गरेको थियो । ट्रिज्म्यानको होण्डमा अरु दुईवटा राइफलहरुसमेत भेटिएका थिए । उनले तीनवटा राज्यको ड्राइभर लाइसेन्स बोकेको समेत पाइएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com