अमेरिकामा कोरोनाबिरुद्ध सम्भावित उपचार पत्ता लगाउने भारतीय मुलकी किशोरीलाई २५ हजार डलर पुरस्कार


प्रकाशित मिति : कार्तिक ६, २०७७ बिहीबार

सम्भावित कोरोना उपचारबारे शोधका लागि अमेरिकाको टेक्सास निवासी १४ बर्षकी किशोरीलाई २५ हजार डलर पुरस्कार प्रदान गरिएको छ । अनिका चेब्रोलु नामकी किशोरीले कोरोना संक्रमणको सम्भावित उपचारबारे शोध गरेका कारण यो पुरस्कार दिइएको हो ।

२०२० युवा बैज्ञानिक च्यालेन्जमा उनी विजेता बनेकी हुन् । ८ कक्षामा अध्ययनरत उनको परियोजनाले २५ हजार डलर नगद पुरस्कार जितेको हो । उनले ६९८ मिलियन मोलिक्युल्सको डाटाबेसबाट लिड कम्पाउण्ड छुट्याएको बताएकी छिन् ।

यो आविस्कारले कोरोना संक्रमणबिरुद्ध नयाँ हतियार बनाउने दिशामा काम गर्ने उनले अपेक्षा गरेकी छिन् । उनले २ बर्ष अगाडि १२ बर्षको उमेरदेखि नै स्पानिस फ्लु महामारीबारे रिसर्च सुरु गरेकी थिइन् । आफूलाई विश्वलाई सहयोग गर्न चाहेको र बालबालिकाहरुलाई उनीहरुले चाहेको कुरा पूरा गर्नसक्ने सन्देश दिन चाहेको बताएकी छिन् ।

कैयन टिनएजरहरुले भविश्वमा मेडिकल शोधकर्ता र प्रोफेसर हुने लक्ष्य राख्ने भएपनि उनले भने अहिले नै परिपक्व काम गरिसकेकी छिन् । उनले नयाँ पुस्तालाई प्रोत्साहन गर्ने काम गरेकोमा चौतर्फी खुशी व्यक्त गरिएको छ ।

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com