भिजिटर भिसाका २ योग्यता हटाइदै, पारिश्रमिक लिने कलाकार र खेलाडी भिजिटर भिसामा आउन नपाउने


प्रकाशित मिति : कार्तिक ४, २०७७ मंगलबार

अमेरिकी सरकारको विदेश मन्त्रालयले भिजिटर भिसा बी वानका २ वटा योग्यताहरु हटाउने प्रस्तावित नियम भोलि अक्टोबर २१ मा फेडरल रजिस्टरमा प्रकाशित गर्ने भएको छ । यो नियमका लागि ६० दिनको कमेन्ट अवधि दिइनेछ । त्यसपछिमात्र अन्तिम नियम प्रकाशित गरिनेछ ।

पुराना दुईवटा वाक्यका कारण कामदार भिसा एचको सट्टामा भिजिटर र विजनेश भिसा बी वान प्रयोग भएको ठहर गर्दै अमेरिकी विदेशमन्त्रालयले योग्यताका ती दुई वाक्यहरु हटाउन लागेको हो । बी वान भिसा ब्यापार वा रमाइलोका लागि अमेरिका आउने अस्थायी भिजिटरहरुलाई प्रदान गरिदै आएको छ ।

फेडरल रजिस्टरमा  नियमको पूर्ण पाठ यहाँ पढ्नुहोला ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विगत लामोसमयदेखि अभ्यास भइरहेको नीति अन्तरगत कामदार भिसा एचवान बीका सेवा अस्थायी रुपमा संचालनका लागि विदेशमै तलब बुझ्ने व्यक्ति समेत बी वान भिसामा अमेरिका आउनसक्ने प्रावधान रहेको छ । तर नयाँ नियम लागु भएपछि भने एचवानबी प्रयोजनका लागि कोही व्यक्ति बी वान भिसामा अमेरिका आउन पाउनेछैन ।

कामदारभिसा एचको सट्टामा प्रदान गरिएका बी भिसाका सन्दर्भमा नोटमा बीआईएलओएच लेखिएको हुन्छ । नयाँ नियम लागु भएपछि उक्त नोटसहित पहिले नै दिइएका बी वान भिसा स्वत खारेज भने हुनेछैनन् । अमेरिकी विदेशमन्त्रालयले पहिले नै जारी भएका भिसा खारेजीका लागि कुनै कदम पनि चाल्नेछैन ।

तर त्यस्ता व्यक्तिको पोर्ट अफ इन्ट्रीमा पुनरावलोकन भने हुनसक्नेछ । उनीहरुलाई अमेरिकाको प्रचलित ज्याला भुक्तानी गरिने सन्दर्भमा पोर्ट अफ इन्ट्रीमा सोधपुछ भने हुनसक्नेछ ।

त्यस्तै अमेरिकामा कलाकार वा खेलाडीहरुले रकम लिनेगरी आफ्नो प्रस्तुती देखाउनका लागि पनि बी वान भिसामा आउन पाउनेछैनन् । अहिलेसम्म कतिपय कलाकार वा खेलाडीहरुलाई रकम लिनेगरी आफ्नो प्रस्तुती देखाउन बी वान भिसामा आउने छुट समेत दिइएकोमा नयाँ नियम लागु भएपनि उनीहरु पी वा ओ श्रेणीको भिसामा मात्र आउन पाउनेछन् ।

यसबारे विदेश मामला सम्बन्धि नीतिमा केही अपवादहरु भने अझै पनि रहेका छन् ।

सामान्यतया विदेशमा नै काम गरिरहेका व्यक्तिले बैध ब्यापारिक गतिविधि गर्नका लागि अमेरिका आउनुपरेमा बी वान भिसा प्राप्त गर्ने नियम रहेको छ । यो भिसामा अमेरिकामा आएर जागिर खान अनुमति छैन । तर विदेशमै तलब लिएर केही कामदार भिसाका सेवाहरु अस्थायी रुपमा प्रदान गर्न भने छुट दिइदै आएको थियो ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com