राहत प्याकेजबारेको ह्वाइटहाउससँगको आजको वार्ता पनि निष्कर्षमा पुगेन, भोलि पुन: वार्ता


प्रकाशित मिति : कार्तिक ४, २०७७ मंगलबार

हाउस स्पीकर न्यान्सी पेलोसीले चुनाव अगाडि राहत प्याकेज पारित गर्नका लागि सहमति कायम गर्न आज मंगलबारसम्मको डेडलाइन तोकेपनि आजको वार्ता निष्कर्षमा पुग्न सकेन । पेलासी र ट्रेजरी सेक्रेटरी स्टेभन मन्चिनबीच आज ४५ मिनेट कुराकानी भएको छ । वार्ता सकारात्मक भएपनि टुंगोमा नपुगेपछि भोलि बुधबारपनि कुराकानी हुने भएको छ ।

आजको कुराकानी निकै सकारात्मक भएको तर निचोडमा पुग्नका लागि अझै समय लाग्ने ह्वाइटहाउसका चिफ अफ स्टाफ मार्क मेडोजले बताएका छन् । भोलि र पर्सीको कुराकानीपछि शुक्रबारसम्म कुनै प्रकारको सहमति कायम हुनसक्ने उनले बताएका छन् । अब अमेरिकी चुनाव आउन २ सातामात्र बाँकी रहेकाले चुनाव अगाडि प्याकेज पारित गर्नका लागि संसदसमक्ष निकै कम समय बाँकी रहेको छ ।

आजको कुराकानीको क्रममा ह्वाइटहाउसले १ दशमलव ९ ट्रिलियन डलरसम्मको प्याकेजका लागि औपचारिक सहमति जनाएको छ । तर डेमोक्र्याट्सहरु भने २ दशमलव २ ट्रिलियनको राहत प्याकेजका पक्षमा रहेका छन् । राहत प्याकेज पारित हुननसक्दा कैयन अमेरिकनहरु गरिबीतिर धकेलिएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैबीच  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तुरुन्त राहत प्याकेज पारित गर्नका लागि सांसदहरुलाई आव्हान गरेका छन् । उनले आफूले डेमोक्र्याट्सले ल्याएको २ दशमलव २ ट्रिलियनको भन्दा पनि ठूलो राहत प्याकेज समर्थन गर्ने घोषणा गरेका छन् ।

आफू डेमोक्र्याट्सको भन्दा पनि ठूलो राहत प्याकेजका पक्षमा रहेको उनले बताएका छन् । हाउस स्पीकर न्यान्सी पेलोसी र ट्रेजरी सेक्रेटरी स्टेभन मन्चिनबीच सहमतिका लागि वार्ताहरु भइरहदा ट्रम्पको यो भनाई आएको हो । सिनेटमा रिपब्लिकन नेताहरुले ह्वाइट हाउस र हाउस स्पीकरबीच सहमति भएमा आफू त्यो मान्न तयार हुने बताएका थिए ।

यद्यपी सिनेटमा रिपब्लिकन सांसदहरु भने ठूलो राहत प्याकेजको पक्षमा छैनन् । मन्चिन र पेलोसीबीच सहमति भएमा सिनेटमा रिपब्लिकनहरुपनि त्यसमा सहमत हुने ट्रम्पले अपेक्षा गरेका छन् । सबै रिपब्लिकनहरु आफूसँग सहमत नभएपनि उनीहरुले राहत प्याकेजमा सहमति जनाउने ट्रम्पको भनाई छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com