अब संक्रमण दर उच्च रहेका ४३ राज्यबाट न्युयोर्क आउँदा क्वारेन्टीन अनिवार्य


प्रकाशित मिति : कार्तिक ४, २०७७ मंगलबार

अब संक्रमण दर उच्च रहेका ४३ राज्यबाट न्युयोर्क आउँदा १४ दिन अनिवार्य क्वारेन्टीनमा बस्नुपर्ने भएको छ । मंगलबार न्युयोर्कले मेरिल्याण्ड र एरिजोनालाई पनि सुचीमा थपेको छ ।

कुनै बेला कोरोना महामारीको इपीसेन्टर रहेको न्युयोर्कमा परीक्षण गरिएकाहरुमध्येमा संक्रमणदर १ दशमलव ३ प्रतिशत रहेको छ । न्युयोर्कको रेडजोनमा २ दशमलव ९ प्रतिशत कोरोना संक्रमणदर रहेपनि मोहक भ्यालीमा भने शुन्य दशमलव ४ प्रतिशतमात्र संक्रमणदर रहेको छ ।

मापदण्ड अनुशार कनेक्टिकट, न्युजर्सी र पेन्सिलभेनियापनि सुचीमा पर्ने भएतापनि ती राज्यबाट आउनलेलाई व्यवहारिक रुपमा क्वारेन्टीन अनिवार्य गर्न सम्भव नभएको गभर्नर एन्ड्रयु कुमोले बताएका छन् । यी राज्यहरुसँगको आवतजावत तीब्र भएकाले क्यारेन्टीन सम्भव नभएपनि अत्यावश्यक बाहेकका अन्य यात्रा नगर्न कुमोले सुझाव दिएका छन् ।

फोटो: जोन टाइसन

न्युयोर्क सिटीमा कोरोना संक्रमणदर १ दशमलव ३ प्रतिशत रहेको छ भने राजधानी अल्बानीमा शुन्य दशमलव ८ प्रतिशत रहेको छ । लङ आइल्याण्डमा संक्रमणदर शुन्य दशमलव ९ प्रतिशत रहेको छ । सेन्ट्रल न्युयोर्कको संक्रमणदर २ दशमलव १ प्रतिशत रहेपनि कोर्टल्याण्ड काउन्टी एक्लैमा संक्रमणदर ७ प्रतिशतहुँदा अन्य क्षेत्रको समग्र दर उच्च देखिएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैबीच गभर्नर कुमोले कमर्शियल रुपमा भाडामा दिइएकाहरुलाई निकाला गर्नमा जनवरी १ सम्मका लागि रोक लगाएका छन् । आवासीय भाडावाललाई पनि जनवरी १ सम्म घरनिकाला गर्न रोक लगाइएकोमा त्यसमा एकरुपता कायम गरिएको हो ।

न्युयोर्क आउँदा अनिवार्य क्वारेन्टीमा बस्नुपर्ने राज्यहरुको सुची यहाँ हेर्नुहोला ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com