झण्डै ७ लाखको फुड स्ट्याम्प खोस्ने ट्रम्प प्रशासनको योजना अदालतबाट खारेज


प्रकाशित मिति : कार्तिक ३, २०७७ सोमबार

झण्डै ७ लाखको फुड स्ट्याम्प खोस्ने ट्रम्प प्रशासनको योजना अदालतले खारेज गरिदिएको छ । वासिंटन डिसीका न्यायाधिस बेरिल हवेलले ६७ पृष्ठ लामो निर्णय सार्वजनिक गर्दै ट्रम्पको नियम कार्यान्वयनमा रोक लगाएको हो ।

ट्रम्प प्रशासनले वेरोजगारहरुलाई खाद्य सुविधाका लागि दिने फुड स्ट्याम्प कार्यक्रममा नयाँ नियम ल्याउन लागेकोमा न्युयोर्क र वासिंटन डिसीसहित १३ राज्यले त्यसका बिरुद्ध मुद्दा दायर गरेका थिए । अमेरिकी सरकारको कृषि मन्त्रालयले फुड स्ट्याम्पका लागि योग्य हुनका लागि नयाँ मापदण्ड तय गरेको मा त्यसका बिरुद्ध मुद्दा दायर गरिएको थियो ।

नयाँ नियम कार्यान्वयन भएको भए १८ देखि ४९ बर्षबीचका व्यक्तिहरु प्रभावित हुने थिए । उनीहरु फुडस्ट्याम्पका लागि योग्य हुन विगत ३६ महिनाको अवधिमा तीन महिनाभन्दा बढी समय हप्तामा २० घण्टाभन्दा बढी काम गरेको हुनुपर्ने नयाँ नियममा उल्लेख थियो ।

अमेरिकी सरकारको कृषि मन्त्रालयले नयाँ नियम लागु भएपछि झण्डै ६ लाख ८० हजारको फुड स्ट्याम्प सुविधा खारेज हुने जनाएको थियो । यद्यपी नयाँ नियमबाट झण्डै साढे ७ लाख प्रभावित हुने अनुमान गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नयाँ नियमले अमेरिकी सरकारको बार्षिक साढे ५ बिलियन डलर बचत हुने अनुमान गरिएको थियो । नियम कार्यान्वयन भएमा न्युयोर्कमामात्र ८४ हजारले यो सुविधा गुमाउने अनुमान गरिएको छ ।

नयाँ नियम कार्यान्वयन भएमा क्यालिफोर्नियामा झण्डै ३ लाखले, इलिनोयमा झण्डै १ लाख ७८ हजारले, टेनेसीमा ६९ हजारले, मिसिगनमा ७ हजारले सुविधा गुमाउने अनुमान गरिएको छ । अमेरिकामा कैयनले कामै नगरी सरकारी खाद्य सुविधा लिने वा कतिपयले नगदमा काम गरेर वेरोजगार रहेको देखाउदै यो सुविधा लिने क्रम बढेपछि सरकारले नयाँ नियम ल्याएको थियो ।

अमेरिकामा कैयन नेपालीहरुले यो सुविधा लिदै आएका छन् । फुड स्ट्याम्प लिनेमा अमेरिकामा नेपालबाट ल्याइएका भुटानी शरणार्थीहरुको संख्या पनि उल्लेख्य रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com