मेक्सिकोका पूर्व रक्षामन्त्री अमेरिकामा पक्राउ


प्रकाशित मिति : आश्विन २९, २०७७ बिहीबार

लागु औषध कारोबारको अभियोगमा मेक्सिकोका पूर्व रक्षामन्त्री अमेरिकामा पक्राउ परेका छन् । बिहिबार अमेरिकी अधिकारीहरुले लस एन्जलसमा मेक्सिकन पूर्व रक्षामन्त्री साल्भाडोर सिन्फुइगोसलाई पक्राउ गरेका हुन् ।

मेक्सिकोका विदेशमन्त्रीले राती अबेर ट्वीट गर्दै यसको पुष्टी गरेका हुन् । अमेरिकाको लागुऔषध कार्यान्वयन प्रशासनको अनुरोधमा उनी पक्राउ परेको मेक्सिकोका अधिकारीहरुले पुष्टी गरेका छन् ।

सिन्फुइगोस सन् २०१२ देखि २०१८ सम्म मेक्सिकोका रक्षामन्त्री रहेका थिए । सन् २०१६ मा सिन्फुइगोस रक्षामन्त्री रहेकोबेला मेक्सिकन मरिनले विश्वको कुख्यात तस्करी समुह सिनालोआ कार्टेलको नायिके एल चापोलाई पक्राउ गरेको थियो । एल चापोलाई आजिवन कारावासको सजाय भइसकेको छ ।

सिन्फुइगोस अहिलेसम्म अमेरिकामा पक्राउ परेका मेक्सिकोका सबैच्च उच्च तहका अधिकारी हुन् । यसअगाडि सिनालोआ कार्टेलबाट लाखौं डलर घुस लिएको अभियोगमा पूर्व जन सुरक्षामन्त्री जेनरो लुना गत डिसेम्बरमा पक्राउ परेका थिए । उनी सन् २००६ देखि २०१२ सम्म मेक्सिकोको मन्त्री भएका थिए ।

उनको आगामी दिनमा न्युयोर्कमा सुनुवाई हुने जनाइएको छ । तर उनले आफू दोषी भएको स्वीकार गरिसकेका छैनन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com