जनगणनामा न्युयोर्कमा ९९ दशमलव ९ प्रतिशतको गणना, डेडलाइन भोलि विहानसम्म


प्रकाशित मिति : आश्विन २९, २०७७ बिहीबार

जनगणनामा न्युयोर्क राज्यमा ९९ दशमलव ९ प्रतिशतको गणना भइसकेको अमेरिकाको जनगणना ब्यूरोले अनुमान गरेको छ । अक्टोबर १६ को विहान ६ बजे जनगणना औपचारिक रुपमा समाप्त हुनेछ । अर्थात् त्यसपछि जनगणनामा सहभागी हुन पाइने छैन ।

न्युयोर्कमा ६४ प्रतिशतले आफै अनलाइन, फोन वा पत्रमार्फत जनगणनामा सहभागी भएको जनाइएको छ । आफै जनगणनामा सहभागी नभएकाहरुलाई गणना गर्नका लागि कैयन गणकहरु खटाइएको थियो ।

अधिकांश राज्यमा ९९ दशमलव ९ प्रतिशतको गणना भइसकेको सेन्सस ब्यूरोले जनाएको छ । लुजियानामा ९८ दशमलव ५ प्रतिशत र मिसिसिपीमा ९९ दशमलव ७ प्रतिशतको गणना भएको जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसपटक अमेरिकामा नेपालीभाषीहरुलाई जनगणनामा सहभागी गराउनका लागि केन्द्रीय जनगणना ब्यूरोले विभिन्न खाले अभियानहरु संचालन गरेको थियो । नेपाली भाषामा नै विज्ञापनहरु प्रकाशित गर्नुका साथै नेपाली भाषामा वेवसाइट समेत बनाइएको थियो ।

न्युयोर्क सिटीले पनि नेपाली भाषामा सामाजिक सञ्जालहरु, अनलाइन लगायतका संचारमाध्यमहरु र सार्वजनिक स्थानमा राखिएका बोर्डहरुमा जनगणनाका विज्ञापनहरु राखेको थियो । विगतको जनगणनाको तुलनामा यसपटक नेपाली भाषीलाई पनि प्राथमिकता दिइएको हो ।

अमेरिकामा झण्डै ३ लाख नेपालीहरु रहेको अनुमान गरिएको छ भने नेपाली भाषीको संख्या झण्डै ५ लाख अनुमान गरिएको छ । जसमा भारतको केही भूभागका नेपालीभाषी, बर्माका नेपाली भाषी र भुटानका नेपालीभाषीहरु समेत पर्छन् । अमेरिकामा झण्डै १ लाख ग्रिनकार्डवाहक नेपाली र झण्डै ५० हजार नेपाली अमेरिकनहरु रहेका छन् ।

जनगणनामा कुनै पनि इमिग्रेशन स्टाटस भएका, कुनै पनि भिसामा भएकाहरु सहभागी हुन योग्य हुन्छन् । अमेरिकामा हुने विद्यार्थीहरुदेखि जोसुकै पनि जनगणनामा सहभागी हुन्छन् । उनीहरुको कुनै पनि विवरण अरु एजेन्सीहरुलाई प्रदान गरिदैन ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com