चुनावी सभामा ट्रम्पले मास्क फयाक्दै भने – ‘सबैलाई चुम्बन गर्न चाहन्छु’


प्रकाशित मिति : आश्विन २६, २०७७ सोमबार

कोरोना संक्रमणपछि तीनदिन अस्पतालमा र केहीदिन ह्वाइटहाउसको क्वारेन्टीनमा बसेपछि कोरोना मुक्त भएका ट्रम्पले आज चुनावी कार्यक्रमलाई सम्बोधन गरे । फ्लोरिडामा आयोजित कार्यक्रममा बोल्दै उनलाई सबैलाई चुम्बन गर्न चाहेको बताए ।

फ्लोरिडामा बोल्दै उनले भने – ‘मैले यो भोगें । अहिले उनीहरुले भन्छन् कि म इम्युन भएको छु । मैले एकदमै शक्तिशाली अनुभव गरिरहेको छु । म हिडेर आउनेछु र सबै दर्शकहरुलाई चुम्नेछु ।’

ट्रम्पले भने – ‘मैले सबै पुरुष र सुन्दर महिलाहरुलाई चुम्बन गर्नेछु । केबल एउटा ठूलो चुम्बन दिन्छु ।’

ट्रम्पले फ्लोरिडाको कार्यक्रममा उपस्थीत हुनासाथ भींडमा मास्क फ्याकेका थिए । त्यसपछि उनले भने – ‘तपाईहरु यसबाट बाहिर निस्कनैपर्छ । यो जोखिमपूर्ण छ । तर बाहिर निस्कनैपर्छ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनका केही समर्थकहरुले भने मास्क लगाएका थिए । तर कैयन समर्थकहरु विना मास्क नै उपस्थीत थिए ।

ट्रम्पको यो सभा उनलाई कोरोना संक्रमण भएको पुष्टी भएको १२ दिनपछि गरिएको छ । तर सोमबार नै ट्रम्पको कोरोना रिपोर्ट नेगेटिभ आइसकेको ह्वाइटहाउसले जनाएको छ ।

ट्रम्पले यो साता झण्डै हरेक दिननै चुनावी कार्यक्रम गर्ने भएका छन् । अमेरिकाको राष्ट्रपति चुनाव आउन अब झण्डै तीनसातामात्र बाँकी रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com