ट्रम्पको कोरोना परीक्षणको नतिजा नेगेटिभ


प्रकाशित मिति : आश्विन २६, २०७७ सोमबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कोरोना परीक्षणको नतिजा लगातार नेगेटिभ आएको छ । ह्वाइट हाउसका चिकित्सक सिन कोन्लेले सोमबार छोटो जानकारी सार्वजनिक गर्दै ट्रम्पमा कोरोना नेगेटिभ देखिएको जानकारी दिएका हुन् ।

ट्रम्पले फ्लोरिडामा चुनावी कार्यक्रम आयोजना गर्ने तय भएको केही घण्टा अगाडि यो रिपोर्ट सार्वजनिक गरिएको हो । एबोट ल्याबमा गरिएको एन्टीजेन परीक्षणका क्रममा ट्रम्पको रिपोर्ट नेगेटिभ देखिएको हो ।

राष्ट्रपति ट्रम्पका विभिन्न परीक्षणबाट अब ट्रम्पभित्र कोरोना भाइरस नरहेका पुष्टी भएको ह्वाइट हाउसले जनाएको छ । ट्रम्पलाई गत अक्टोबर २ मा कोरोना संक्रमण पुष्टी भएको थियो । त्यसपछि उनी तीनरात अस्पतालमा बसेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी राष्ट्रपतिको चुनाव आउन केही साता बाँकी रहँदा ७४ बर्षका ट्रम्पलाई कोरोना सक्रमण भएपछि रिपब्लिकन अभियानमा असर गरेको थियो । अब राष्ट्रपति ट्रम्प चुनावी अभियानमा फर्कन निकै उत्सुक देखिएका छन् ।

पछिल्ला पोलहरुमा ट्रम्पलाई अर्का उम्मेदबार बाइडेनले उल्लेख्य नम्बरले उछिनिरहेका छन् । ब्याटलग्राउण्ड राज्यहरुमध्ये जर्जियामामात्र ट्रम्प अगाडि देखिएका छन् । बाइडेनलाई पनि सोमबार गरिएको परीक्षणमा कोरोना नेगेटिभ देखिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com