सर्वोच्चको न्यायाधिसमा सिफारिस ब्यारेटको नियुक्तीबारेको सिनेटको सुनुवाई सोमबारबाट


प्रकाशित मिति : आश्विन २५, २०७७ आईतबार

amy coney

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट सर्वोच्च अदालतको न्यायाधिसमा सिफारिस गरिएकी एमी कोनी ब्यारेटको नियुक्तीबारेको सिनेटको सुनुवाई सोमबारबाट सुरु हुने भएको छ । ब्यारेटले आइतबार विहान न्यायिक समिति समक्ष आफ्नो सुरुवाती वक्तब्य पठाएसकेकी छिन् भने सिनेटरहरुले सोमबार आफ्ना सुरुवाती वक्तब्यहरु दिनेछन् ।

मंगलबार र बुधबार ब्यारेटलाई विभिन्न प्रश्नहरु सोधिनेछ । डेमोक्रेटिक सिनेटरहरुले उनलाई अफोर्टेवल केयर एक्टको भविश्यबारे प्रश्नहरु केन्द्रीत गर्ने देखिएको छ । सिनेटको कमिटिले ब्यारेटको मनोनयन अक्टोबर २२ मा स्वीकृत गर्ने योजना बनाएको छ । त्यसपछि सिनेटमा मतदान हुने अपेक्षा गरिएको छ । सिनेटका डेमोक्रेटिक नेता चक शुमरले भने फ्लोरमा मतदानका लागि डेमोक्र्याट्सहरुले कोरम आपूर्ति नगर्ने बताइसकेका छन् ।

सिनेटका रिपब्लिकनहरु र ह्वाइटहाउसले नोभेम्बर ३ अगाडि नै ब्यारेटको नियुक्ती सुनिश्चित गर्ने योजना बनाएका छन् । न्यायाधिस रुथ बेडर गिन्सबर्गको निधनपछि रिक्त स्थानमा ब्यारेटको नाम सिफारिस गरिएको हो ।

पुनरावेदन अदालतमा रहेकी कन्जरभेटिभ न्यायाधिस ब्यारेटको नाम सिफारिस गर्दै ट्रम्पले गौरवपूर्ण क्षण भएको वताएका थिए । साथै ब्यारेट विशाल बौद्धिकता भएकी महिला भएको ट्रम्पले टिप्पणी गरेका थिए ।

सिनेटमा सामान्य बहुमत प्राप्त भएको खण्डमा ब्यारेट अमेरिकाको सर्वोच्च अदालतको न्यायाधिसमा नियुक्त हुनेछिन् । उनको नियुक्तीपछि सर्वोच्चमा रिपब्लिकन नियुक्त न्यायाधिसको संख्या ६ र डेमोक्र्याट्स नियुक्त न्यायाधिसको संख्या ३ पुग्नेछ ।

४८ बर्षकी ब्यारेटलाई सेभेन्थ सर्किट कोर्टमा डोनाल्ड ट्रम्पले नै सिफारिस गरेका थिए । पुनरावेदनमा सन् २०१७ को अक्टोबर ३१ मा उनको नियुक्ती सिनेटले पारित गरेको थियो ।

सन् २०१६ मा न्यायाधिस एन्टोनिन स्कालियाको निधन फरबरीमा हुँदा तत्कालिन राष्ट्रपति बराक ओबामाले गाल्र्याण्डलाई नोमिनेट गरेका थिए । तर सिनेटले चुनाव अगाडि न्यायाधिसको नाममा मतदान गरेन । पछि डोनाल्ड ट्रम्प नियुक्त भइसकेपछि निल गोर्सचलाई नियुक्त गरेका थिए भने सिनेटले पनि उनको नाम पारित गरेको थियो ।

बिल क्लिन्टनले गेन्सबर्गलाई सन् १९९३ मा सर्वोच्च अदालतको न्यायाधिस नियुक्त गर्दा पनि झण्डै ७० दिन लागेको थियो ।

यसअगाडि सन् २०१८ मा रिटायर्ड भएका एन्थोनी केनेडीको स्थानमा पनि डोनाल्ड ट्रम्पले नै न्यायाधिस नियुक्त गरेका थिए । एन्थोनी केनेडीलाई रोनाल्ड रेगनले नियुक्त गरेपनि उनी सधै कन्जरभेटिकका पक्षमा भने उभिएका थिएनन् । बराक ओबामाको कार्यकालमा भने सर्वोच्च अदालतमा २ जना न्यायाधिस नोमिनेट गरेका थिए, जसमा दुबैजना महिला थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com