ह्वाइटहाउसको बाल्कोनीबाट ट्रम्पको सम्बोधनः ‘भ्याक्सिन एकदम छिट्टै आउँछ’


प्रकाशित मिति : आश्विन २४, २०७७ शनिबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज ह्वाइटहाउसको बाल्कोनीबाट आफ्ना केही सय समर्थकहरुलाई सम्बोधन गरेका छन् । उनले आफूलाई कोरोना संक्रमणपछि सार्वजनिक कार्यक्रममा व्यक्तिगत रुपमै उपस्थीत भएर सम्बोधन गरेको यो नै पहिलो पटक हो ।

अमेरिका अमेरिका भन्दै चिच्याइरहेका भींडलाई सम्बोधन गर्दै ट्रम्पले कोरोनाबिरुद्धको भ्याक्सिन एकदम छिटो आउने आश्वासन दिएका छन् । उनले शक्तिशाली औषधी र उपचारको उत्पादन भइरहेको बताए ।

अहिलेसम्म अमेरिकामा कोरोना संक्रमणबाट २ लाख १३ हजारभन्दा धेरैको ज्यान गइसकेको छ । साढे ७ मिलियन भन्दा धेरैमा संक्रमण पुष्टी भइसकेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अक्टोबर १ पछि राष्ट्रपति ट्रम्पमा कोरोना नेगेटिभ देखिएको कुनै रिपोर्ट सार्वजनिक भएको छैन । शनिबार राष्ट्रपतिको दाहिने हातमा छालाकै रंगको पट्टी समेत देखिएको थियो ।

सम्बोधनका क्रममा ह्वाइटहाउसमा जम्मा भएकाहरुले सामाजिक दुरी कायम गरेका थिएनन् । केहीले ट्रम्प २०२० र मेक अमेरिका ग्रेट अगेन लेखेका मास्कहरु लगाएका थिए । केहीले मास्क समेत लगाएका थिएनन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com