चाइनिज ठानेर न्युयोर्कमा जापानी कलाकारमाथि कुटपिट, ९० हजार सहयोग संकलन


प्रकाशित मिति : आश्विन २२, २०७७ बिहीबार

न्युयोर्कसिटीमा बस्दै आएका एकजना जापानी कलाकारमाथि कुटपिट भएको छ । एउटा समुहले उनीमाथि चाइनिज ठानेर आक्रमण गरेको जनाइएको छ ।

आक्रमणबाट ती कलाकार घाइते भएका थिए । घटना न्युयोर्कको सबवे स्टेशनमा भएको हो । ४० बर्षका टाडाटाका उनोमाथि टिनएजरहरुको एउटा समुहले आक्रमण गरेको हो ।

जब उनी स्टेशनबाट भाग्न सफल भए त्यसपछि उनलाई लखेटीलखेटी कुटिएको थियो । ८ जना केटाहरु र केटीको समुहले उनीमाथि आक्रमण गरेको जनाइएको छ । उनीहरुले चाइनिज भन्दै गाली गरेर आक्रमण गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

टोकियोमा जन्मिएका ती कलाकारलाई अस्पतालको इमर्जेन्सीमा लगिएको थियो । उनको दायाँ हात र काँधमा केही हड्डीहरु टुटेका छन् । उनको टाउकोमा पनि चोट लागेको छ ।

आक्रमण के कारणले गरिएको थियो भन्नेबारे केही स्पष्ट छैन । तर उक्त समुहलाई छोएको आरोपमा कुटपिट भएको जनाइएको छ ।

ती कलाकारका लागि गोफण्डमीमा सहयोगका लागि एकाउन्टसमेत खोलिएको छ । जसमा ९० हजार डलर जम्मा भइसकेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com