अमेरिकाको मिशिगनमा गभर्नरकै अपहरण योजना, १३ जनाबिरुद्ध अभियोग


प्रकाशित मिति : आश्विन २२, २०७७ बिहीबार

अमेरिकाको मिशिगनमा गभर्नर ग्रेचेन ह्वीट्मरलाई अपहरणको योजना बनाउने १३ जनाबिरुद्ध अभियोग लगाइएको छ । अपहरणको योजना बनाउनेहरुबिरुद्ध घरेलु आतंकवादको षड्यन्त्रको अभियोग लगाइएको छ ।

१३ मध्ये ६ जनाबिरुद्ध अपहरणको षड्यन्त्र गरेको अभियोग लगाइएको छ भने ७ जनाबिरुद्ध मिलिसिया समुहमा आवद्ध भएको अभियोग लगाइएको छ । उनीहरु सबैजनालाई हिराशतमा लिइएको छ भने उनीहरुले सरकारी भवनमा आक्रमण गर्ने र गभर्नरको अपहरण गर्ने योजना बनाएको जनाइएको छ ।

गभर्नर ह्वीटमरले आफ्नो काम अप्ठ्यारो भएको तर आफूलाई अपहरणको निशाना बनाइएला भनेर कहिले पनि अनुमान नगरेको बताइन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले श्वेत सर्वोच्चतावादीहरुको निन्दा नगरेका कारण यो अवस्था आएको उनले आरोप लगाइन् । ट्रम्पले गतसाता मिशिगनका यी मिलिसिया समुह जस्ता श्वेत सर्वोच्चतावादीहरुकोे निन्दा गर्न अस्वीकार गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अपहरणको योजना बनाएका कारण पक्राउ परेकाहरुमा अधिकांश मिशिगन निवासी हुन् भने २१ देखि ४२ बर्षसम्मका व्यक्ति रहेका छन् । उनीहरुबिरुद्ध हातहतियार र आतंक सम्बन्धि अन्य कैयन अभियोगहरु समेत लगाइएको छ ।

एफबीआईले यसबारे सन् २०२० को सुरुदेखि नै अनुसन्धान सुरु गरेको थियो । एफबीआईएले त्यसका लागि एकजना गोप्य जासुसको नियुक्त गरेका थिए । त्यसपछि उनीहरुको आक्रमण र अपहरणको योजनाबारे पत्ता लगाउन एफबीआई सफल भएको थियो । उनीहरुले सरकारी भवन उडाउन र गभर्नरलाई अपहरण गर्न २ सय व्यक्ति आवश्यक रहेकोबारे छलफल गरेका थिए ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com