न्युयोर्क सिटीका केही भाग भोलिदेखि शटडाउन


प्रकाशित मिति : आश्विन २१, २०७७ बुधबार

क्वीन्सबोरो ब्रिजबाट देखिएको क्वीन्सतर्फको दृश्य । फोटो : खसोखास

न्युयोर्क सिटीका केही भागहरुमा कोरोनाको संक्रमण बढेपछि भोलिदेखि शटडाउन गरिने भएको छ । अक्टोबर ८ देखि कम्तीमा १४ दिन शटडाउन गरिने जनाइएको छ । बु्रकलिनका केही क्षेत्र र क्वीन्सका फार रकवे र फ्लसिङका केही क्षेत्रहरु शटडाउन हुने भएका छन् ।

रातो, सुन्तला र पँहेलो क्षेत्र विभाजन गरेर शटडाउनको योजना अगाडि ल्याइएको छ । रातो क्षेत्रमा स्कुलहरु बन्द भइसकेका छन् । अत्यावश्यक बाहेकका विजनेशहरु भोलिदेखि बन्द हुनेछन् भने रेष्टुरेण्टहरुमा टेकआउटमात्र संचालन हुनेछ । भेलाहरुमा प्रतिबन्ध लगाइएको भने पूजास्थलहरुमा क्षमताको २५ प्रतिशत वा अधिकतम १० जनासम्ममात्र भेला हुन पाइनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आफू कोरोनाको जोखिपूर्ण क्षेत्रमा भए नभएको वा उक्त क्षेत्रमा प्रतिबन्धहरु लगाएको नलगाएको हेर्न यहाँ क्लीक गर्नुहोला ।

त्यस्तै सुन्तला क्षेत्रमा विद्यालयहरु भोलिदेखि बन्द हुने भएका छन् । जिम लगायतका उच्च जोखिमपूर्ण विजनेशहरु पनि भोलिदेखि बन्द हुने भएका छन् । रेष्टुरेण्टमा आउटडोरमात्र खानाखान पाइनेछ । बाहिर वा भित्र १० जनाभन्दा बढी व्यक्ति भेला हुन पाइनेछैन । पूजास्थलमा क्षमताको ३३ प्रतिशत वा २५ जनाभन्दा बढी भेला हुन पाइनेछैन ।

त्यस्तै पँहेलो क्षेत्रमा विद्यालयहरु खुला रहनेछन् तर कोरोना परीक्षण अनिवार्य गर्नुपर्नेछ । विजनेशहरु खुला रहनेछन् तर सावधानी अपनाउनुपर्नेछ । रेष्टुरेण्टमा भित्र र बाहिर खानाखान अनुमति दिइनेछ तर हरेक टेबुलमा ४ जनाभन्दा बढी बस्न पाइनेछैन । २५ जनाभन्दा बढी जमघट हुन पाइनेछैन । पूजास्थलमा क्षमताको ५० प्रतिशतभन्दा बढी व्यक्ति भेला हुन पाइनेछैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com