राहत प्याकेजबारेको वार्ता समाप्त, चुनावसम्म वार्ता अगाडि नबढाउन ट्रम्पको निर्देशन


प्रकाशित मिति : आश्विन २१, २०७७ बुधबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना वार्ताकारहरुलाई नयाँ राहत प्याकेजबारेको बार्ता चुनावसम्म अगाडि नबढाउन निर्देशन दिएको बताएका छन् । अमेरिकनहरुले राहत प्याकेजको आशा गरिरहेका बेलामा ट्रम्पले ह्वाइटहाउसका वार्ताकारहरुलाई वार्ता स्थगित गर्न भनेपछि चुनाव अगाडि राहतको आशा लगभग समाप्त भएको छ ।

ट्रम्पको यस्तो निर्णयले एयरलाइन्स लगायत कोरोनाको महामारीका कारण सबैभन्दा ठूलो असर परेका उद्योगहरुमा अन्यौल छाएको छ । हाउस स्पीकर न्यान्सी पेलोसी र ट्रेजरी सेक्रेटरी स्टेभन मन्चिनबीच नयाँ सिराबाट सहमतिको प्रयास भइरहँदा ट्रम्पले वार्ता स्थगन गर्न भनेका हुन् ।

सहमतिका लागि ह्वाइटहाउस र डेमोक्र्याट्सहरुबीच अगस्तदेखि नै विभिन्न चरणका वार्ताहरु भइरहेका थिए । तर पनि अहिलेसम्म कुनै सहमति भने कायम हुन सकेको थिएन । ट्रम्पले चुनावसम्मका लागि वार्ता स्थगित गरिएको र चुनाव आफूले जित्न बित्तिकै राहत प्याकेज पारित गर्ने तथा मिहिनेती अमेरिकन र साना ब्यापारहरुलाई सहयोग गर्ने बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डेमोक्र्याट्सहरु २ दशमलव २ ट्रिलियनको राहत प्याकेजमा झरेपनि रिपब्लिकनहरु र ह्वाइटहाउसहरु १ ट्रिलियनभन्दा माथि बढ्न नसक्दा सहमति कायम हुन सकेको छैन । काम गुमाएकाहरुले पाएको साप्ताहिक अतिरिक्त ६ सय डलरको अवधि जुलाईको अन्त्यमा नै समाप्त भइसकेको छ । कोरोनाको महामारी अहिले पनि अमेरिकामा व्यप्त रहको छ ।

ह्वाइटहाउसमा कोरोनाका नयाँ नयाँ संक्रमणहरु देखिएका छन् । पछिल्लो चरणमा ट्रम्पका बरिष्ठ सल्लाहकार स्टेफन मिलरलाई पनि कोरोना संक्रमण पुष्टी भएको छ । ट्रम्पका निकटवर्ती दर्जन भन्दा बढीलाई संक्रमण पुष्टी भइसकेको छ । अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि २ लाख नाघिसकेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com