न्युयोर्क सिटीका ९ जिपकोडमा संक्रमण बढेपछि शटडाउन गर्ने मेयरको योजना गभर्नरबाट अस्वीकार


प्रकाशित मिति : आश्विन १९, २०७७ सोमबार

new york corona mask

न्युयोर्क सिटीका ९ वटा जिपकोडमा कोरोनाको संक्रमण ३ प्रतिशत नाघेपछि चिन्ता बढेको छ । यी जिपकोडहरुमा शटडाउनका लागि न्युयोर्क सिटीका मेयर बिल ब्लाजिओले गरेको प्रस्ताव भने गभर्नर एन्ड्रयु कुमोले अस्वीकार गरेका छन् ।

बु्रकलिन र क्वीन्सका केही क्षेत्रमा कोरोनाको संक्रमण बढेपछि मेयरले ती क्षेत्रहरु शटडाउन गर्ने बताएका थिए । तर गभर्नरले भने ती जिपकोडहरुमा मात्र शटडाउन गर्दा समस्या हुने भएकाले शटडाउन गर्न नहुने बताएका छन् । दुई नेताका दुईथरी कुराले जनता, ब्यापारीहरु र स्कुल जाने बालबालिकाका अभिभावकहरु भने अन्यौलमा परेका छन् ।

गभर्नरको योजना मंगलबारसम्म आउने अपेक्षा गरिएको छ । कुमोले पनि के गर्दा उचित हुने भन्ने सन्दर्भमा पुनरावलोकन भइरहेको बताएका छन् । जिपकोड कुनै क्षेत्रको उचित परिभाषा नहुने भएकाले त्यो भन्दा वैज्ञानिक र उचित तरिका अपनाउनुपर्ने पक्षमा कुमो रहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ब्रुकलिनका ११२०४, ११२१०, ११२२३, ११२३०, ११२१९ र ११२२९, क्वीन्सका ११३६७, ११४१५, ११६९१ जिपकोडमा कोरोना संक्रमण ३ प्रतिशतदेखि माथि साढे ८ प्रतिशतसम्म पुगेको छ । बोरो पार्कमा कोरोना संक्रमण ८ दशमलव ४९ प्रतिशतसम्म पुगेको छ । क्वीन्सका क्यु गार्डेन, फार रकवे लगायतका स्थानमा पनि ३ प्रतिशतभन्दा माथि रहेको छ ।

कुनै बेलाको कोरोना महामारीको ईपीसेन्टर न्युयोर्क सिटीमा कोरोनाको महामारी फेरी बढ्न थालेसँगै त्रास पनि बढ्न थालेको छ । चिसो मौषम सुरुहुँदै गर्दा कोरोना संक्रमण बढ्न थालेपछि खासगरी बालबालिका विद्यालय पठाउने अभिभावकहरुमा थप त्रास बढेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com