आज साँझ डिस्चार्ज हुँदै ट्रम्प, मुटुको चाल प्रतिमिनेट ६८
प्रकाशित मिति : आश्विन १९, २०७७ सोमबार

ह्वाइटहाउसका चिकित्सक सिन कोन्लेले कोरोना संक्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अझै जोखिममुक्त नरहेको बताएका छन् । तर उनको स्वास्थ्य स्थीति हेर्दा उनलाई वाल्टर रिड मेडिकल सेन्टरबाट डिस्चार्ज हुन र सकुशल ह्वाइटहाउस फर्कन अप्ठ्यारो नरहेको उनले बताएका छन् ।
सोमबार दिउसो वाल्टर रिडमा संचारकर्मीहरुसँग कुरा गर्दै कोन्लेले राष्ट्रपति ट्रम्प सोमबार बेलुका अस्पतालबाट डिस्चार्ज हुने जानकारी दिए । ह्वाइटहाउसमा फर्किसकेपछि पनि ट्रम्प २४ सै घण्टा चिकित्सकहरुको घेराबन्दीमा रहनेछन् ।
सोमबार राष्ट्रपतिको मुटुको चाल प्रतिमिनेट ६८ रहेको थियो भने रगतमा अक्सिजनको मात्रा ९७ प्रतिशत रहेको थियो । रगतमा अक्सिजनको मात्रा ९५ देखि १०० प्रतिशतसम्म सामान्य मानिन्छ । तर अस्पतालमा भर्ना भइसकेपछि भने ९५ भन्दा तल झरेपछि अक्सिजन दिनुपरेको थियो ।
I will be leaving the great Walter Reed Medical Center today at 6:30 P.M. Feeling really good! Don’t be afraid of Covid. Don’t let it dominate your life. We have developed, under the Trump Administration, some really great drugs & knowledge. I feel better than I did 20 years ago!
— Donald J. Trump (@realDonaldTrump) October 5, 2020
तीनरात अस्पतालमा विताइसकेका ट्रम्पलाई सुरुमा ज्वरो आएको थियो । तर अहिले भने ज्वरो कम गर्ने औषधी नदिइएको जनाइएको छ । स्वासप्रस्वासमा कुनै समस्या नरहेको जनाइएको छ । तर सोमबार साँझ अस्पतालबाट डिस्चार्ज हुनु अगाडि एन्टीभाइरल रेम्डिसिभियरको चौथो डोज दिइने भएको छ ।
ट्रम्पले ह्वाइटहाउसमा विश्वकै उत्कृष्ट मेडिकल केयर पाउने ह्वाइटहाउसका चिकित्सक कोन्लेले बताए । राष्ट्रपति ट्रम्पले आज बेलुका साढे ६ बजे डिस्चार्ज हुने जनाइएको छ ।
ट्रम्पले आफै ट्वीट गर्दै आफू अस्पतालबाट साढे ६ बजे डिस्चार्ज हुन लागेको जानकारी दिएका हुन् । उनले आफूले एकदमै राम्रो अनुभव गरिरहेको बताउँदै कोभिडबाट नडराउन भनेका छन् ।
My family is grateful for all of the prayers & support! I am feeling good & will continue to rest at home. Thank you to medical staff & caretakers everywhere, & my continued prayers for those who are ill or have a family member impacted by the virus.
— Melania Trump (@FLOTUS) October 5, 2020
यसैबीच प्रथम महिला मेलानिया ट्रम्पले पनि आफूले निको अनुभव गरेको भन्दै ट्वीट गरेकी छिन् । उनले सबैको प्राथना र समर्थनका लागि धन्यवाद दिदै घरमै आराम गर्ने बताएकी छिन् ।
ह्वाइट हाउसका प्रेस सेक्रेटरीलाई पनि कोरोना संक्रमण
ह्वाइट हाउसका प्रेस सेक्रेटरी केली म्याकेननीलाई पनि कोरोना संक्रमण पुष्टी भएको छ । उनले सोमबार विहान आफूलाई संक्रमण पुष्टी भएको ट्वीटरमार्फत जानकारी दिएकी छिन् । उनले आफूलाई कुनै लक्षण भने नदेखिएको बताएकी छिन् ।
— Kayleigh McEnany (@PressSec) October 5, 2020
ह्वाइटहाउसमा यतिवेला कोरोनाको ताण्डव चलिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहित उनका निकटस्थ कम्तीमा १२ जनालाई कोरोना संक्रमण पुष्टी भइसकेको छ । अमेरिकी राष्ट्रपति ट्रम्प कोरोना संक्रमणपछि शुक्रबारदेखि अस्पतालमा नै भर्ना भएका छन् ।
