अस्पतालबाहिर रहेका समर्थकमाझ अकस्मात यसरी पुगे ट्रम्प
प्रकाशित मिति : आश्विन १८, २०७७ आईतबार
कोरोना संक्रमणपछि वाल्टर रिड मेडिकल सेन्टरमा उपचाररत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आइतबार बेलुका अस्पताल बाहिर जम्मा भएका समर्थकहरुमाझ पुगेका छन् । उनी चढेको गाडी समर्थकहरुमाझबाट अगाडि बढेको थियो भने ट्रम्पले गाडीभित्रैबाट समर्थकहरुलाई हात हल्लाएका थिए ।
समर्थकमाझ यसरी आउँदा संचारमाध्यमहरुलाई पनि कुनै जानकारीदिइएको थिएन । अस्पतालबाहिर केही दर्जन समर्थकहरु उपस्थीत रहेका थिए । गाडी अत्यन्तै सुस्त गतिमा गुडाइएको थियो भने ट्रम्पलाई देखेपछि समर्थकहरु निकै उत्साहित र उत्तेजित समेत भएका थिए ।
यसअगाडि ट्वीटरमा एउटा भिडियो पोष्ट गर्दै उनले समर्थकमाझ आकस्मीक रुपमा उपस्थीत हुने बताएका थिए । ट्रम्पले गाडीभित्र मास्क लगाएका थिए भने उनका चालकले पनि मास्क लगाएका थिए ।
— Donald J. Trump (@realDonaldTrump) October 4, 2020
यसरी बाहिर निस्केर उनले आफ्ना समर्थकहरु, अमेरिका र विश्वलाई आफू संक्रमित भएपनि ठीकठाक नै रहेको तथा अवस्था गम्भिर नरहेको सन्देश दिन खोजेको विश्लेषण गरिएको छ ।
I really appreciate all of the fans and supporters outside of the hospital. The fact is, they really love our Country and are seeing how we are MAKING IT GREATER THAN EVER BEFORE!
— Donald J. Trump (@realDonaldTrump) October 4, 2020
बिहिबार मध्यराती कोरोना संक्रमण पुष्टी भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई शुक्रबार विहानदेखि ज्वरो आएपछि केही दिनका लागि राष्ट्रिय सैन्य चिकित्सा केन्द्र वाल्टर रिडमा भर्ना गरिएको छ ।
ट्रम्पलाई छिटोमा सोमबार अस्पतालबाट डिस्चार्ज गरिने जनाइएको छ । ह्वाइट हाउसले ट्रम्पलाई अस्पतालमा भर्ना गर्ने कदम सावधानीका लागि लिइएको तर आपतकालिन रुपमा स्वास्थ्यमा कुनै समस्या आएका कारण नभएको ह्वाइट हाउसले स्पष्ट पारेको छ ।