वाल्टर रिड अस्पतालबाट ट्रम्पको भिडियो सन्देश : ‘निको हुन थालेको छु’


प्रकाशित मिति : आश्विन १७, २०७७ शनिबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज आफू भर्ना भएको वाल्टर रिड मेडिकल सेन्टरबाटै भिडियो सन्देश जारी गर्दै आफू निको हुन थालेको बताएका छन् । ह्वाइट हाउसको राष्ट्रपति ट्रम्पको स्वास्थ्यबारे विभिन्न खाले मिश्रित प्रतिकृयाहरु दिइरहेको बेलामा ट्रम्पले भिडियो सन्देश जारी गरेका हुन् ।

निलो कोट लगाएर क्यामेरातिर हेरेर बोल्दै ट्रम्पले आफू अस्पतालमा आउने बेला विसन्चो महसुस गरेको तर अहिले भने धेरै सुधार आएको बताएका छन् । झण्डै ४ मिनेट लामो भिडियोमा उनले वास्तविक परीक्षाा अबको केही दिनमा हुने बताएका छन् । यसअगाडि ह्वाइटहाउसका चिकित्सक सिन कोन्लेले ट्रम्पको स्थीतिमा सुधार आएको बताएका थिए भने चिफ अफ स्टाफ मार्क मेडोजले चिन्ता गर्नुपर्ने अवस्था अझै रहेको बताएका थिए ।

राष्ट्रिय सैन्य चिकित्सा केन्द्र वाल्टर रिडमा भर्ना गरिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिजो भने अस्पताल पुग्नासाथ पहिले नै रेकर्ड गरिएको एउटा भिडियो ट्वीट गरेका थिए ।  जसमा उनले अमेरिकनहरुलाई समर्थनका लागि धन्यवाद दिएका थिए ।

 

बिहिबार मध्यराती कोरोना संक्रमण पुष्टी भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई शुक्रबार विहानदेखि ज्वरो आएपछि केहीदिनका लागि राष्ट्रिय सैन्य चिकित्सा केन्द्र वाल्टर रिडमा भर्ना गरिएको छ ।

अस्पतालमा भर्ना गर्ने कदम सावधानीका लागि लिइएको तर आपतकालिन रुपमा स्वास्थ्यमा कुनै समस्या आएका कारण नभएको ह्वाइट हाउसले स्पष्ट पारेको छ । ट्रम्प बिरामी भएपनि कार्यवाहकको जिम्मेबारी उपराष्ट्रपति माइक पेन्सलाई नदिइने भएको छ । ट्रम्प नै इन्चार्ज रहने भएका छन् । उपराष्ट्रपति माइक पेन्सको कोरोना परीक्षणको नतिजा नेगेटिभ आइसकेको छ ।

शुक्रबारदेखि ज्वरो आएपनि त्यसलाई सामान्य लक्षणका रुपमा मात्र लिइएको छ । ट्रम्पका चिकित्सकले ट्रम्पले थकित अनुभव गरेको बताएपनि उच्च आत्मबल रहेको बताएका छन् । ट्रम्पले जिंक, भिटामिन डी, फेमोटिडिन, निद्रा लाग्ने मेलाटोनिन र दैनिक एस्पीरिनको औषधी लिइरहेका छन् । अमेरिकी राष्ट्रपतिको चुनाव आउन झण्डै एकमहिना बाँकी रहँदा ट्रम्प दम्पत्तिमा कोरोना संक्रमण देखिएको हो ।

केहीदिन अगाडिको बहसमा सहभागी अमेरिकी राष्ट्रपतिका लागि डेमोक्रेटिक उम्मेदवार जो बाइडेनको कोरोना परीक्षणको नतिजा भने नेगेटिभ आएको छ । ट्रम्पलाई कोरोना संक्रमण भएपछि बाइडेनको पनि परीक्षण गरिएको थियो ।

बाइडेनले आफ्नो र श्रीमती जिल बाइडेनको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । बाइडेनको आफ्नो नतिजा नेगेटिभ आएको जानकारी दिदै मास्क लगाउन, सामाजिक दुरी कायम गर्न र हात धुन सुझाव दिएका छन् ।

ट्रम्पका १४ बर्षका छोरा, छोरी र ज्वाईलाई भने कोरोना संक्रमण देखिएको छैन । उनीहरुको परीक्षणको नतिजा नेगेटेभि देखिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com