राहत प्याकेज पारित गर्न संसदलाई अस्पतालबाटै राष्ट्रपति ट्रम्पको आव्हान


प्रकाशित मिति : आश्विन १७, २०७७ शनिबार

Trump

कोरोना संक्रमणपछि अस्पतालमा भर्ना भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्पतालबाटै संसदलाई कोरोनाको राहत प्याकेज पारित गर्न दवाव दिएका छन् । उनले अस्पतालबाटै ट्वीट गर्दै अमेरिकी जनतालाई राहत आवश्यक भएको बताएका छन् । एकसाथ काम गरेर यसबारे टुंगो लगाउन ट्रम्पले आव्हान गरेका छन् ।

ट्रम्पको यस्तो आव्हानपछि राहत सम्झौता स्वीकार गर्नका लागि रिपब्लिकनहरुलाई सहज हुने अपेक्षा गरिएको छ । अहिलेसम्मबारे कोरोना राहत प्याकेजबारे कुनै सहमति हुन सकेको छैन । झण्डै दुईमहिनादेखिको सहमतिको प्रयास सफल हुन सकेको छैन ।

राहत प्याकेजमा सहमति नहुँदै अमेरिकी संसदको प्रतिनिधिसभाको भने छुट्टी सुरु भइसकेको छ । डेमोक्रेटिक सांसदहरु र ह्वाइटहाउसबीच कुनै सहमति कायम नहुँदै प्रतिनिधिसभाको छुट्टी सुरु भएपछि सांसदहरु आफ्ना डिस्ट्रिक्टहरुमा फर्कने भएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हाउस स्पीकर न्यान्सी पेलोसीले भने ह्वाइटसँगको वार्ता जारी रहने र छिट्टै सहमति कायम हुने अपेक्षा व्यक्त गरेकी छिन् । ह्वाइट हाउससँग केहीदिन अगाडिदेखि सुरु भएको वार्तामा अन्तिम सहमति भने कायम हुन सकेको छैन ।

डेमोक्रेटिक सांसदहरुले ल्याएको २ दशमलव २ ट्रिलियन डलरको नयाँ बिल अमेरिकी संसदको तल्लो सदन प्रतिनिधिसभाबाट पारित भइसकेको छ । बिलमा अमेरिकामा दोश्रो चरणको १२ सय डलरको राहत चेक र काम गुमाएकाहरुलाई अतिरिक्त साप्ताहिक ६ सय डलर समेटिएको छ ।

यसअगाडि डेमोक्रेटिक सांसदहरुले हाउसबाट ३ दशमलव ४ ट्रिलियन डलरको बिल पारित गरेका थिए । तर रिपब्लिकनहरु यति ठूलो बिलको पक्षमा नभएपछि उक्त बिल सिनेटमा अगाडि बढ्न सकेको थिएन ।

अहिले त्यसमा १ ट्रिलियन डलरभन्दा बढी रकम कम गरेर बिल पारित गरिएको छ । आफूहरु १ ट्रिलियन घटेकाले रिपब्लिकनहरु १ ट्रिलियन बढेर उक्त बिलमा सहमति जनाउन डेमोक्रेटिक सांसदहरुले आग्रह गरेका छन् ।

यो बिलमा सेप्टेम्बर ६ देखि नै लागु हुनेगरी आगामी जनवरी ३१ सम्म काम गुमाएकाहरुलाई बेरोजगारी विमा वा महामारी बेरोजगारी सहायताका अतिरिक्त साप्ताहिक ६ सय डलर दिने प्रावधान समेटिएको छ । साथै १२ सय डलरको दोश्रो चरणको राहत चेक दिने र आश्रीतहरुलाई अतिरिक्त ५ सय डलर दिने पनि बिलमा समेटिएको छ ।

स्थानीय र राज्य सरकारहरुलाई अतिरिक्त सहायताका लागि ४३६ बिलियन डलर दिने र पेचेक प्रोटेक्सन प्रोग्राम पनि चालु गर्ने विषय विलमा समावेश छ । विद्यालयहरुलाई सहायताका लागि २२५ बिलियन डलर र कोरोनाको परीक्षण र ट्रेसिंगका लागि ७५ बिलियन डलर प्रदान गर्ने विषय बिलमा छ ।

प्रतिनिधिसभामा बिलमा पक्षमा २१४ र विपक्षमा २०७ मत खसेको थियो । ११ जना डेमोक्रेटिक सांसदहरुले बिलको विपक्षमा मतदान गरेका थियो ।

ह्वाइट हाउस र हाउस स्पीकर न्यान्सी पेलोसीबीच सहमतिका वार्ताहरु भइरहँदा यो बिल पारित भएको हो । ह्वाइट हाउस भने काम गुमाएकाहरुलाई सेप्टेम्बर १२ देखि लागु हुनेगरी साप्ताहिक ४ सय डलर दिने व्यवस्था सहितको १ दशमलव ६ ट्रिलियन डलरको राहत प्याकेजको पक्षमा छ ।

चुनाव नजिकिदै गर्दा सांसदहरु आआफ्ना क्षेत्रमा फर्केर चुनावमा लाग्नुपर्ने भएकाले राहत प्याकेज छिटो पारित हुन नसके चुनाव अगाडि पारित हुननसक्ने परिदृश्य समेत रहेको छ ।

पेलोसीले पूर्ण सहमति कायम नभएपनि केही विषयमा भने सहमति कायम भएको बताएकी छिन् । तर सबै विषयमा सहमति नभएसम्म यसलाई सहमति भन्न नसकिने उनको भनाई छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेशमार्फत प्रदान गरिएको साप्ताहिक ३ सय डलरको अवधि समाप्त भइसकेको छ । ह्वाइट हाउस त्यसको एक सातापछि सेप्टेम्बर १२ बाट साप्ताहिक ४ सय डलर दिनुपर्ने पक्षमा रहेको छ । तर डेमोक्र्याट्सहरु सेप्टेम्बर ६ पछि लागु हुनेगरी साप्ताहिक ६ सयको व्यवस्था हुनुपर्ने र यस्तो व्यवस्था जनवरी ३१ सम्म लागु हुनुपर्ने पक्षमा छन् ।

दोश्रो चरणको १२ सय डलरको राहत चेक उपलब्ध गराउने पक्षमा भने सबै पक्षहरु सहमत रहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com