ट्रम्पलाई परीक्षणकै क्रममा रहेको ‘एन्टबडी कक्टेल’ को सिंगल डोज


प्रकाशित मिति : आश्विन १६, २०७७ शुक्रबार

कोरोना संक्रमण पुष्टी भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई परीक्षणात्मक एन्टबडी कक्टेलको सिंगल डोज दिइएको छ । बायोटेक रिजेनेरोनले बनाएको उक्त एन्टीबडी कक्टेल परीक्षणकै क्रममा रहेको छ । कोरोनाको कुनै स्वीकृत उपचार नभएपनि रिजेनेरोनको एन्टीबडी उपचार विश्वासिलो मानिएको छ ।

अहिलेसम्म यो विधिबाट उपचार गर्दा बिरामीहरुमा भाइरसको स्तर कम भएको र अस्पतालको बसाई छोटो भएको देखिएको छ । कोरोना संक्रमणको सुरुवाती चरणमा एन्टीबडी कक्टेलको डोज दिंदा बिरामीमा उल्लेख्य सकारात्मक प्रभाव परेको देखिएको छ । यद्यपी यो उत्पादन अमेरिकाको एफडीएबाट आपतकालिन प्रयोगका लागि समेत स्वीकृत भइसकेको छैन ।

ट्रम्पका चिकित्सकले ट्रम्पले थकित अनुभव गरेको बताएपनि उच्च आत्मबल रहेको बताएका छन् । ट्रम्पले जिंक, भिटामिन डी, फेमोटिडिन, निद्रा लाग्ने मेलाटोनिन र दैनिक एस्पीरिनको औषधी लिइरहेका छन् ।

बिहिबार मध्यराती कोरोना संक्रमण पुष्टी भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई शुक्रबार विहानदेखि ज्वरो आएपछि केही दिनका लागि राष्ट्रिय सैन्य चिकित्सा केन्द्र वाल्टर रिडमा भर्ना गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ह्वाइट हाउसले ट्रम्पलाई अस्पतालमा भर्ना गर्ने कदम सावधानीका लागि लिइएको तर आपतकालिन रुपमा स्वास्थ्यमा कुनै समस्या आएका कारण नभएको ह्वाइट हाउसले स्पष्ट पारेको छ । ट्रम्प बिरामी भएपनि कार्यवाहकको जिम्मेबारी उपराष्ट्रपति माइक पेन्सलाई नदिइने भएको छ । ट्रम्प नै इन्चार्ज रहने भएका छन् ।

शुक्रबारदेखि ज्वरो आएपनि त्यसलाई सामान्य लक्षणका रुपमा मात्र लिइएको छ ।

प्रथम महिला मेलानिया ट्रम्पलाई भने ज्वरोको साथमा हल्का खोकीपनि लागिरहेको जनाइएको छ । अमेरिकी राष्ट्रपतिको चुनाव आउन झण्डै एकमहिना बाँकी रहँदा ट्रम्प दम्पत्तिमा कोरोना संक्रमण देखिएको हो ।

केहीदिन अगाडिको बहसमा सहभागी अमेरिकी राष्ट्रपतिका लागि डेमोक्रेटिक उम्मेदवार जो बाइडेनको कोरोना परीक्षणको नतिजा भने नेगेटिभ आएको छ । ट्रम्पलाई कोरोना संक्रमण भएपछि बाइडेनको पनि परीक्षण गरिएको थियो ।

बाइडेनले आफ्नो र श्रीमती जिल बाइडेनको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । बाइडेनको आफ्नो नतिजा नेगेटिभ आएको जानकारी दिदै मास्क लगाउन, सामाजिक दुरी कायम गर्न र हात धुन सुझाव दिएका छन् ।

ट्रम्पका १४ बर्षका छोरा, छोरी र ज्वाईलाई भने कोरोना संक्रमण देखिएको छैन । उनीहरुको परीक्षणको नतिजा नेगेटिभ देखिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com