अस्पतालमा भर्ना हुनुअगाडि ट्रम्पले सार्वजनिक गरे यस्तो भिडियो सन्देश


प्रकाशित मिति : आश्विन १६, २०७७ शुक्रबार

Trump

राष्ट्रिय सैन्य चिकित्सा केन्द्र वाल्टर रिडमा भर्ना गरिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्पताल पुग्नासाथ पहिले नै रेकर्ड गरिएको एउटा भिडियो ट्वीट गरेका छन् । जसमा उनले अमेरिकनहरुलाई समर्थनका लागि धन्यवाद दिएका छन् ।

भिडियोमा उनले भनेका छन् – ‘मप्रतिको समर्थनका लागि सबैलाई धन्यवाद दिन चाहन्छु। म वाल्टर रीड अस्पताल भर्ना हुँदैछु । मलाई लाग्छ म राम्रो गरिरहेछु, तर हामी यो निश्चित गर्नेछौं कि काम बन्नेछ ।’

ट्रम्पले भिडियोमा अगाडि भनेका छन् – ‘प्रथम महिलाले पनि धेरै राम्रो गरिरहेकी छिन् । त्यसैले धेरै धेरै धन्यवाद । म यसको कदर गर्छु । यो कहिलेपनि भूल्ने छैन । धन्यवाद ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बिहिबार मध्यराती कोरोना संक्रमण पुष्टी भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई शुक्रबार विहानदेखि ज्वरो आएपछि केहीदिनका लागि राष्ट्रिय सैन्य चिकित्सा केन्द्र वाल्टर रिडमा भर्ना गरिएको छ ।

अस्पतालमा भर्ना गर्ने कदम सावधानीका लागि लिइएको तर आपतकालिन रुपमा स्वास्थ्यमा कुनै समस्या आएका कारण नभएको ह्वाइट हाउसले स्पष्ट पारेको छ । ट्रम्प बिरामी भएपनि कार्यवाहकको जिम्मेबारी उपराष्ट्रपति माइक पेन्सलाई नदिइने भएको छ । ट्रम्प नै इन्चार्ज रहने भएका छन् । उपराष्ट्रपति माइक पेन्सको कोरोना परीक्षणको नतिजा नेगेटिभ आइसकेको छ ।

शुक्रबारदेखि ज्वरो आएपनि त्यसलाई सामान्य लक्षणका रुपमा मात्र लिइएको छ । ट्रम्पका चिकित्सकले ट्रम्पले थकित अनुभव गरेको बताएपनि उच्च आत्मबल रहेको बताएका छन् । ट्रम्पले जिंक, भिटामिन डी, फेमोटिडिन, निद्रा लाग्ने मेलाटोनिन र दैनिक एस्पीरिनको औषधी लिइरहेका छन् ।

प्रथम महिला मेलानिया ट्रम्पलाई भने ज्वरोको साथमा हल्का खोकीपनि लागिरहेको जनाइएको छ । अमेरिकी राष्ट्रपतिको चुनाव आउन झण्डै एकमहिना बाँकी रहँदा ट्रम्प दम्पत्तिमा कोरोना संक्रमण देखिएको हो ।

केहीदिन अगाडिको बहसमा सहभागी अमेरिकी राष्ट्रपतिका लागि डेमोक्रेटिक उम्मेदवार जो बाइडेनको कोरोना परीक्षणको नतिजा भने नेगेटिभ आएको छ । ट्रम्पलाई कोरोना संक्रमण भएपछि बाइडेनको पनि परीक्षण गरिएको थियो ।

बाइडेनले आफ्नो र श्रीमती जिल बाइडेनको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । बाइडेनको आफ्नो नतिजा नेगेटिभ आएको जानकारी दिदै मास्क लगाउन, सामाजिक दुरी कायम गर्न र हात धुन सुझाव दिएका छन् ।

ट्रम्प र बाइडेनबीचको बहसका क्रममा ट्रम्पले मास्क लगाउने लगायतका मापदण्ड पालना गर्नमा गम्भिरता नदेखाएको विषय आएको थियो । त्यतिबेला ट्रम्पले आफूले आवश्यक परेको बेलामा मास्क लगाउने गरेको भन्दै खल्तीबाट मास्क झिकेर देखाएका थिए । साथै २ सय मिटर पर बस्दा समेत मास्क लगाउने गरेको भन्दै ट्रम्पले बाइडेनको मजाक उडाएका थिए ।

ट्रम्पका १४ बर्षका छोरा, छोरी र ज्वाईलाई भने कोरोना संक्रमण देखिएको छैन । उनीहरुको परीक्षणको नतिजा नेगेटेभि देखिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com