राष्ट्रपति उम्मेदवार बाइडेनको कोरोना परीक्षणको नतिजा नेगेटिभ


प्रकाशित मिति : आश्विन १६, २०७७ शुक्रबार

Biden

अमेरिकी राष्ट्रपतिका लागि डेमोक्रेटिक उम्मेदवार जो बाइडेनको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको छ । ट्रम्पलाई कोरोना संक्रमण भएपछि केही दिन अगाडि सँगै बहसमा भाग लिएका बाइडेनको पनि परीक्षण गरिएको थियो ।

बाइडेनले आफ्नो र श्रीमती जिल बाइडेनको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । बाइडेनको आफ्नो नतिजा नेगेटिभ आएको जानकारी दिदै मास्क लगाउन, सामाजिक दुरी कायम गर्न र हात धुन सुझाव दिएका छन् ।

ट्रम्प र बाइडेनबीचको बहसका क्रममा ट्रम्पले मास्क लगाउने लगायतका मापदण्ड पालना गर्नमा गम्भिरता नदेखाएको विषय आएको थियो । त्यतिबेला ट्रम्पले आफूले आवश्यक परेको बेलामा मास्क लगाउने गरेको भन्दै खल्तीबाट मास्क झिकेर देखाएका थिए । साथै २ सय मिटर पर बस्दा समेत मास्क लगाउने गरेको भन्दै ट्रम्पले बाइडेनको मजाक उडाएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दम्पत्तिलाई गएराती कोरोना संक्रमण पुष्टी भएको हो । त्यसपछि ट्रम्प दम्पत्ति ह्वाइटहाउसकै निवासमा क्वारेन्टीनमा बसेका छन् । ट्रम्पलाई सामान्य लक्षणमात्र देखिएकाले क्वारेन्टीनबाटै कामकाज गर्ने जनाइएको छ ।

यस अगाडि जो बाइडेनले एक ट्वीट गर्दै ट्रम्पको स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com