ट्रम्पलाई कोरोना संक्रमणको लक्षण सामान्यमात्रै, ह्वाइटहाउसमै क्वारेन्टीन


प्रकाशित मिति : आश्विन १६, २०७७ शुक्रबार

White house

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानियालाई गएराती कोरोना संक्रमण पुष्टी भएपनि उनीहरुमा लक्षण भने सामान्यमात्रै रहेको अधिकारीहरुले बताएका छन् । विहिबार मध्यरात लगत्तै १ बज्नुभन्दा केही अगाडि राष्ट्रपति ट्रम्पले आफू र मेलानिया ट्रम्पलाई कोरोना संक्रमण पुष्टी भएको ट्वीटरमार्फत जानकारी दिएका थिए ।

ह्वाइट हाउसका बरिष्ठ सल्लाहकार होप हिक्समा कोरोना संक्रमण पुष्टी भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पको पनि कोरोना परीक्षण गरिएको थियो । सल्लाहकार होप हिक्ससँग राष्ट्रपति ट्रम्प दम्पत्तिले उल्लेख्य समय विताएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पत्रकारहरुलाई राती १ बजे जारी एउटा मेमोमा ट्रम्प दम्पत्तिलाई कोरोना संक्रमण पुष्टी भएको राष्ट्रपतिका चिकित्सक नेभी कमाण्डर डाक्टर सिन कोन्लेले बताएका थिए । स्वास्थ्यलाभको दौरान ट्रम्प दम्पत्ति ह्वाइटहाउभित्रै क्वारेन्टीनमा रहने जनाइएको छ ।

ट्रम्पलाई कोरोना संक्रमणका सामान्य लक्षणहरुमात्र रहेकाले ह्वाइट हाउसकै निवासबाट काम गर्ने योजना बनाइरहेको जनाइएको छ । ह्वाइट हाउसका अधिकारीहरुले ट्रम्पलाई दिएको लक्षण एकदमै सामान्यमात्र रहेको बताएका छन् । तर सामान्य लक्षणहरु के के हुन् भन्नेबारे खुलाइएको छैन ।

ट्रम्पका छोरी ज्वाई इभान्का ट्रम्प र जारेड कुश्नरलाई भने कोरोना संक्रमण नभएको पुष्टी भएको छ । त्यस्तै १४ बर्षका छोरा ब्यारोन ट्रम्पलाई पनि कोरोना संक्रमण देखिएको छैन ।

अमेरिकी राष्ट्रपति चुनाव आउन झण्डै एकमहिनामात्र बाँकी रहँदा राष्ट्रपति ट्रम्पलाई कोरोना संक्रमण पुष्टी भएको छ । राष्ट्रपतिका उम्मेदवारहरुबीचको दोश्रो बहस अक्टोबर १५ मा तय भएको छ । उक्त बहस स्थगित हुने नहुनेबारे पनि केही बताइएको छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com