अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानियालाई कोरोना संक्रमण


प्रकाशित मिति : आश्विन १६, २०७७ शुक्रबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानियालाई कोरोना संक्रमण पुष्टी भएको छ । शुक्रबार राती १ बज्नुभन्दा केही अगाडि राष्ट्रपति ट्रम्पले यसको पुष्टी गरेका हुन् । उनले आफू र मेलानिया ट्रम्पलाई कोरोना संक्रमण पुष्टी भएको ट्वीटरमार्फत जानकारी दिएका छन् ।

ह्वाइट हाउसका बरिष्ठ सल्लाहकार होप हिक्समा कोरोना संक्रमण पुष्टी भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पको पनि कोरोना परीक्षण गरिएको थियो । सल्लाहकार होप हिक्ससँग राष्ट्रपति ट्रम्प दम्पत्तिले उल्लेख्य समय विताएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पत्रकारहरुलाई राती १ बजे जारी एउटा मेमोमा ट्रम्प दम्पत्तिलाई कोरोना संक्रमण पुष्टी भएको राष्ट्रपतिका चिकित्सक नेभी कमाण्डर डाक्टर सिन कोन्लेले बताएका छन् ।

आफ्नो स्वास्थ्यलाभको दौरान उनीहरु ह्वाइटहाउभित्रै क्वारेन्टीनमा रहने जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com