ह्वाइट हाउसका बरिष्ठ सल्लाहकारमा कोरोना संक्रमणपछि ट्रम्प दम्पत्ति क्वारेन्टीन प्रकृयामा
प्रकाशित मिति : आश्विन १५, २०७७ बिहीबार

ह्वाइट हाउसका बरिष्ठ सल्लाहकार होप हिक्समा कोरोना संक्रमण पुष्टी भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पले क्वारेन्टीन प्रकृया सुरु गरेका छन् । ट्रम्प दम्पत्तिले आफ्नो कोरोना परीक्षणको नतिजासमेत प्रतिक्षा गरिरहेका छन् ।
सल्लाहकार होप हिक्ससँग राष्ट्रपति ट्रम्प दम्पत्तिले उल्लेख्य समय विताएका थिए । हिक्स कोरोना संक्रमण पुष्टी हुने ह्वाइट हाउसकै अहिलेसम्मकै सबैभन्दा बरिष्ठ अधिकारी रहेको जनाइएको छ ।
Hope Hicks, who has been working so hard without even taking a small break, has just tested positive for Covid 19. Terrible! The First Lady and I are waiting for our test results. In the meantime, we will begin our quarantine process!
— Donald J. Trump (@realDonaldTrump) October 2, 2020
यसैबीच राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै क्वारेन्टीन प्रकृया सुरु गर्ने बताएका छन् । होप हिक्सले विश्राम नलिई लगातार काम गर्दै आएको बताएका छन् ।