अष्ट्रेलियाको क्विन्सल्याण्डमा मर्निङ्गवकको समयमा ६६ वर्षिया महिला बलात्कृत भएकी छिन्। बुधबार बिहान ६ बजेको समयमा उक्त घटना घटेको हो।
ती महिला Townsville मा Ross River निर मर्निङ्ग वक गएकी थिइन्। सोही समयमा एक व्यक्तिले समातेर लछार्दै झाडीमा लगेर बलात्कार गरेको उनले बताएकी छिन्। अहिले उनको Townsville University Hospital मा उपचार भइरहेको छ।
प्रहरीले ती महिलाले दिएको बयानको आधारमा १९ वर्षीय किशोरलाई पक्राऊ गरेको छ। घटनास्थल र आरोपित व्यक्तिमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।