ट्रम्प र बाइडेन बहसमा कोरोना सन्दर्भ: ब्लीचको इन्जेक्सनदेखि २० लाखको ज्यान जोगिएको तर्क


प्रकाशित मिति : आश्विन १३, २०७७ मंगलबार

अमेरिकी राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्प र जो बाइडेनबीचको पहिलो बहसमा एकअर्काबीच तिखो हमला भयो । झण्डै ९० मिनेट चलेको बहसमा ट्रम्प र बाइडेनका रेकर्डहरु, सर्वोच्च अदालत, कोरोना महामारी, अर्थशास्त्र, चुनावको अखण्डता, विभेद र हिंशाका घटनाहरुमा छलफल भष्यो । यी ६ वटा शीर्षकमध्ये हरेक शीर्षकमा बहसका लागि १५ मिनेट समेत तोकिएको थियो ।

कोरोना महामारीको बारेमा सोध्दा डोनाल्ड ट्रम्पले आफ्नो ठाउँमा बाइडेन भएको भए अमेरिकामा अझ धेरैको मृत्यु हुने दावी गरे । जवाफमा बाइडेनले ट्रम्पसँग महामारीसँग लड्ने कुनै योजना नभएको भन्दै आलोचना गरे । अमेरिकामा कोरोना संक्रमणबाट २ लाखको मृत्यु र ७० लाखबढी संक्रमित भएको अवस्थामा कोरोनाको विषयले बहसमा प्राथमिकता पाएको थियो ।

बाइडेनले कोरोना भाइरस महामारीको सामना गर्न ट्रम्प प्रशासन कामयावी नभएको भन्दै आलोचना गरे । ट्रम्पले महामारीको सामना गर्न सरकारले राम्रो काम गरेको दावी गरे । सरकारले कोरोना भाइरस विरूद्ध लड्न मास्क, पीपीई र औषधि ल्याएको तथा कोरोना भ्याक्सिन बनाउन केही हप्ता मात्र बाँकी रहेको ट्रम्पले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भारत, चीन र रुसले कोरोनाबाट भएको मृत्यु तथ्यांक लुकाएको ट्रम्पले दावी गरे । ट्रम्प र बाइडेनले मास्कदेखि खोपहरू र सामाजिक दूरीसम्मका विषयमा एकअर्काको आलोचना गरे । बाइडेनले ट्रम्पलाई मास्क लगाउनेबारे गम्भीर नभएको आरोप लगाए । जवाफमा ट्रम्पले खल्तीबाट मास्क झिकेर देखाउँदै आवश्यक परेको बेला लगाउने बताए । बाइडेन जस्तो २०० फिट पर हुँदापनि ठूलो मास्क लगाउने आफूले नगरेको ट्रम्पले बताए ।

महामारीको बेलामा चुनावी जुलुसहरु भइरहेको बारेको प्रश्नमा ट्रम्पले भने – ‘बाइडेनले पनि यति धेरै भींड जम्मा गर्न सकेको भए यस्ता जुलुस गर्थे ।’

बाइडेनले ट्रम्पलाई कोरोना संक्रमण निको पार्न ब्लिच आफ्नो पाखुरामा हाल्न भन्दै मजाक उडाए ।आफ्नो ठाउँमा बाइडेन भएको भए अमेरिकामा २० लाखको मृत्यु हुने ट्रम्पले दावी गरे । तर बाइडेनले यो कुरा झुठो भएको सबैलाई थाहा भएको बताए ।

 

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com