ट्रम्प र बाइडेनबीचको बहसमा आरोप -प्रत्यारोप र अराजकता/अशिष्टता प्रदर्शन


प्रकाशित मिति : आश्विन १३, २०७७ मंगलबार

राष्ट्रपतिका दुई उम्मेदवार डोनाल्ड ट्रम्प र जो बाइडेनबीच आज पहिलो बहस भयो । जुन बहसमा निकै आरोप प्रत्यारोप र अराजक आदानप्रदानहरु भए ।

ट्रम्पले बाइडेनको बुद्धिमतामाथि प्रश्न उठाए भने बाइडेनले ट्रम्पलाई ‘जोकर’ भने । बाइडेनले अमर्यादित तरिकाले ट्रम्पलाई तिमी चुप लाग समेत भने । बारम्बार ट्रम्पले बीचबीचमा बोल्दै अशिष्ट शैलीमा बाइडेनमाथि आक्रमण गरे ।

कैयनपटक दुबैजना एकैपटक बोलिरहे । संचालक क्रिस वालेसलाई पालोपालो बोल्न लगाउन हम्मे हम्मे समेत परेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कोरोनाको महामारीबाट २ लाखको ज्यान गएको प्रसंगमा ट्रम्पले आफ्नो ठाउँमा बाइडेन भएको भए अवस्था अझ खराब हुने दावी गरे । बहसमा ६ वटा शीर्षकमा छलफल भएको थियो भने हरेक शीर्षकका लागि १५ मिनेट छुट्याइएको थियो ।

बहसकै क्रममा ट्रम्पले आफूले मास्क बोकेर हिडेको भन्दै खल्तीबाट मास्क निकालेर देखाए । उनले आवश्यक परेको बेलामा मास्क लगाउने तर जतिबेला पनि बाइडेनले जस्तो मास्क लगाएर नहिड्ने बताए ।

सन् २०१६ र २०१७ मा कति ट्याक्स तिरेको भन्ने सन्दर्भमा संचालकले प्रश्न गर्दा ट्रम्पले आफूले लाखौं डलर तिरेको बताए । तर कति तिरेको भन्ने बताउन भने चाहेनन् ।

ट्रम्पले आफूले ४७ महिनामा धेरै काम गरेको बताउँदै भने – ‘तिमीहरुले ४७ बर्षमा गरेको भन्दा धेरै मैले ४७ महिनामा गरेको छु ।’

तर बाइडेनले भने – ‘यी राष्ट्रपतिका कारण हामी कमजोर, बिरामी, गरिब र विभाजित भएका छौं ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com