डोनाल्ड ट्रम्प र जो बाइडेनबीचको बहस केहीबेरमा, यहाँ हेर्नुहोस् लाइभ (भिडियो)


प्रकाशित मिति : आश्विन १३, २०७७ मंगलबार

अमेरिकी राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्प र जो बाइडेनबीच पहिलो बहस ओहायाको क्लीभल्याण्डमा केहीबेरमा सुरु हुँदैछ ।

न्युयोर्क समय अनुशार बेलुका ९ बजेदेखि सुरु हुने यो बहसलाई अमेरिकी राजनीतिक बृत्तमा निकै चासोका साथ हेरिएको छ ।

फक्सन्यूजमा लाइभ हेर्न यहाँ क्लीक गर्नुहोला ।

फक्स न्युजका क्रिस वालेसले बहसको संचालन गर्नेछन् भने अमेरिकामा मुख्य संचारमाध्यमहरुले उक्त बहसको प्रशारण गर्ने भएका छन् । बहसमा कोरोनाको महामारीका कारण राष्ट्रपतिका उम्मेदवारहरुले हात मिलाउनु नपर्ने भएको छ । हलमा केही दर्जनमात्र दर्शकहरु उपस्थीत हुनेछन् भने उपस्थीत सबैको कोरोना परीक्षण गरिनेछ । तर उक्त बहस अनलाइन र टेलिभिजनमार्फत संसारभर हेर्न सकिनेछ ।

एबीसीमा लाइभ हेर्न यहाँ क्लीक गर्नुहोला ।

झण्डै ९० मिनेट चल्ने बहसमा ट्रम्प र बाइडेनका रेकर्डहरु, सर्वोच्च अदालत, कोरोना महामारी, अर्थशास्त्र, चुनावको अखण्डता, विभेद र हिंशाका घटनाहरु हुनेछन् । यी ६ वटा शीर्षकमध्ये हरेक शीर्षकमा बहसका लागि १५ मिनेट समेत तोकिएको छ । उक्त १५ मिनेटभित्र दुबै उम्मेदवारहरुले आफ्ना भनाई राख्नुपर्नेछ ।

एनबीसीमा लाइभ हेर्न यहाँ क्लीक गर्नुहोला ।

वासिंटन पोष्टमा लाइभ हेर्न यहाँ क्लीक गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com