सीप सिक्दै आत्मनिर्भर बन्दै युवा


प्रकाशित मिति : आश्विन १३, २०७७ मंगलबार

६ महिनाअघि न्युजिल्यान्ड जान ठिक्क परेकी पोखरा महानगरपालिका-११, काँहुकी २२ वर्षीया आस्मी नेपाली यतिबेला पोखरा-५ मालेपाटनस्थित विन्स क्याफेमा कफीमा विभिन्न चित्राकृति सजाउँदै छिन् । कोरोना भाइरसको महामारीका कारण विदेश जाने योजना रोकिएपछि एक महिना बरिष्टा तालीम लिएर सीपयुक्त बनेकी नेपालीको दैनिकी पारखीहरुलाई कफी तयार गर्दै बित्छ । आफूले नसोचेको व्यावसायिक यात्रा अघि बढेपछि उहाँ दङ्ग छिन् ।

व्यवस्थापनमा स्नातक तेस्रो वर्ष अध्ययरत नेपालीले बन्दाबन्दीको समयमा पोखराको सभागृहस्थित म्याप इन्टरनेसनलमा सिकेको सीपले यो व्यवसायको ढोका खोलिदिएको हो । यही तालीम आफूलाई वरदान साबित भएको बताउने नेपाली भन्छिन्, “व्यवसाय गर्छु भन्ने सोचेको थिइनँ, अझ यो समयमा त झन् के सम्भव देख्नु र रु तालीमपछि मेरो सोच बदलियो, आत्मबल बढ्यो र व्यवसाय थालेँ ।” “विदेश जाने योजना रोकिएपछि तालीम सिकेँ र एक दिन भाइ सबिनसँग व्यवसाय गर्ने सोच सुनाएँ । भाइ सकारात्मक भयो र हामीले ममीसँग कुरा ग¥यौँ । उनको पनि साथ पाएपछि त ऊर्जा मिल्यो ।”

महानगरपालिका–५ मा विन्स क्याफे एन्ड फास्ट फुड सञ्चालनमा ल्याएकी नेपालीले सानो ठाउँ भए पनि मासिक १८ हजार भाडा तिरेर रु २० लाखको लगानीमा व्यवसाय सञ्चालन गरेको बताइन् । “एक महिनामात्र भयो, दुईजना स्टाफ छन्, दैनिक ६ हजारदेखि १५ हजारसम्म व्यापार भएको छ । अहिले उनी विदेश जानुभन्दा सीप सिकेर स्वदेशमै केही गर्न सबैलाई सुझाउँछिन् ।

लेकसाइडस्थित होटल स्विस इन्टरनेसनलमा कार्यरत पोखरा–१७ विरौटाका २१ वर्षीय युवा पवन बोगटी पनि प्राविधिक शिक्षाले रोजगारमा जोडिएको अनुभव सुनाउँछन् । “मैले २०७२ सालमा एसएलसी दिएपछि प्राविधिक विषय रोजेँ, पोखरा पर्यटकीय शहर भएकाले यस क्षेत्रमा सम्भावना देखेर पोखरा प्राविधिक शिक्षालयबाट तीनवर्षे होटल म्यानेजमेन्ट विषय अध्ययन गरेको हुँ, लगत्तै रोजगार पाइहालेँ सन्तुष्ट छु, मलाई विदेश जाने मोह जागेको छैन ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बोगटीले आजका युवाको सोच नै विदेश हुने र स्वदेशमा केही सम्भावना नदेख्ने गर्दा प्रतिभा पलायन भएको बताउँछन् । “परिवारबाट छुटिएर लाखौँ रुपैयाँ खर्च गरेर खाडीमा आठ–दश घण्टा घोटिएरभन्दा आफ्नै मुलुकमा परिवारको साथ मीठो मसिनो खाएर श्रम गर्नु धेरै जाती”, बोगटी भन्छन्, “विदेशमा गएर कमाउने जति पैसा स्वदेशमै कमाउन सकिने भएकाले हातमा सीप भए जागिरका लागि भौँतारिनु पर्दैन ।” विदेश जानै पर्ने भए पनि सीप सिकेरमात्र जान उनको सुझाव छ ।

यसैगरी स्वदेशमै आत्मनिर्भर भएका अर्का युवा हुन्, खुशीराम चौधरी । कञ्चनपुर हरपालका २५ वर्षीय चौधरी २०७१ सालमा होटल म्यानेजमेन्ट पढ्न पोखरा आए । पोखरा प्राविधिक शिक्षालयमा तीनवर्षे कोर्ष पूरा गरेसँगै उनी रोजगारमा जोडिए । हाल पोखरा लामागाउँमा रहेको हिमालयन फ्रन्ट रिसोर्टमा काम गर्छन् । प्राविधिक शिक्षाले रोजगार पाइहालेको अनुभवसँगै चौधरी अन्य युवालाई पनि प्राविधिक शिक्षा लिन सुझाउँछन् । कोभिड –१९ को प्रभाव पर्यटन क्षेत्रमा देखिएकामा चिन्तित चौधरी अब आन्तरिक र बाह्य उडान तथा सडक यातायात सञ्चालनपछि पर्यटन गतिविधि बढ्नेमा आशावादी छन् । उनले सरकारले पनि युवा स्वरोजगार कार्यक्रममार्फत विभिन्न तालीमदेखि न्यूनतम शुल्कमा कर्जा लगानी गरिरहेको भन्दै यसमा युवाहरु लाग्नसके समृद्धि हासिल गर्न सकिने तर्क गर्छन् ।

पछिल्लो समय प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनतर्फ युवाको चासो बढ्दै गएको बताउँछन् पोखरा प्राविधिक शिक्षालयका प्रमुख हर्कलाल श्रेष्ठ । “पछिल्ला वर्षहरुमा प्राविधिक शिक्षाप्रति युवाको चासो बढिरहेको छ, सीप सिकेपछि स्वदेश तथा विदेशमा जहाँ गए पनि सजिलै रोजगार पाइने भएकाले पनि यसप्रति युवाको चासो बढ्दै गएको हो”, श्रेष्ठ भन्छन्, “प्राविधिक र व्यावसायिक शिक्षाभन्दा बित्तिकै कम पढेका वा राम्रो विषय लिएर पढ्न नसकेकाहरुले पढ्ने भनेर हेर्नेहरुले अहिले यसको महत्वलाई बुझ्न थालेका छन्, माग बढ्दै गएको छ ।” अझै पनि आवश्यक क्षेत्रहरुमा दक्ष जनशक्तिको अभाव भएकाले प्राविधिक जनशक्ति उत्पादनमा जोड दिन आवश्यक रहेको उनी बताउँछन् ।

श्रेष्ठका अनुसार पोखरा प्राविधिक शिक्षालय फूलबारीमा तीनवर्षे होटल व्यवस्थापन अन्तर्गतका कुकिङ, हाउस किपिङ, फ्रन्ट डेस्क, फुड एन्ड वेभरेजमा पढाइ हुनेगर्छ । होटल व्यवस्थापनमा ४०, तीनवर्षे प्रमाणपत्र तह अप्थाल्मिकमा ४०, १८ महिने प्री डिप्लोमा इन कुलिनरी आर्ट ९कुकिङ बेकिङ० मा २० जनाले अध्ययन गर्न पाउने कोटा छ । योसँगै व्यावसायिक तालीमअन्तर्गत छोटो समयका सिलाइ कटाइ, बुटिक, ब्युटी पार्लरलगायत तालीम सञ्चालन हुँदै आएका छन् । पोखरा पर्यटकीय नगरी भएकाले अधिकांशले होटल म्यानेजमेन्टमा रुचि देखाएको र अध्ययनपश्चात् करीब ६० प्रतिशतले तत्काल रोजगार पाएको उनको भनाइ छ । शिक्षालयले प्राविधिक र व्यावसायिक शिक्षा आर्जन गर्न चाहने निम्न आय भएका जेहेन्दार विद्यार्थीका लागि सहुलियत शुल्क, पूर्ण शुल्क र प्रायोजित शुल्क गरेरसमेत आरक्षण कोटा छुट्याएको छ ।

सन् २००५ देखि सिटिइभिटीअन्तर्गत कान्तिपुर होटल टे«निङ इन्ष्टिच्युट सञ्चालन गर्दै आएका विजय पौडेलले करीब २६ हजारले होटल म्यानेजमेन्ट तालीम लिएको बताउँछन् । तीमध्ये ३० प्रतिशत विदेशमा र १५ प्रतिशत स्वदेशमा रोजगार छन् भने २० प्रतिशत स्वरोजगारमा । कोभिड–१९ पछि विदेशबाट आएका युवाहरु पनि तालीमप्रति चासो राख्दै बुझेका र केही तालीम लिन आएका उनले बताए । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com