इलेक्टोरल कलेजबाट ट्रम्प वा बाइडेन दुबैले नजिते संसदबाट राष्ट्रपछि छान्न पेलोसीको तयारी


प्रकाशित मिति : आश्विन ११, २०७७ आईतबार

capitol hill

इलेक्टोरल कलेजबाट डोनाल्ड ट्रम्प वा जो बाइडेन दुबैले नजिते संसदबाट राष्ट्रपछि छान्न हाउस स्पीकर न्यान्सी पेलोसीले तयारी सुरु गरेकी छिन् । इलेक्टोरल कलेज बराबर भएको खण्डमा हाउसबाट राष्ट्रपतिको निर्णय गर्नका लागि तयार रहन पेलोसीले सांसदहरुलाई सुचित गरेकी छिन् ।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुनका लागि २७० इलेक्टोरल मत ल्याउन आवश्यक हुन्छ । यदि कुनै पनि उम्मेदवारले स्पष्ट बहुमत ल्याउन नसकेको खण्डमा प्रतिनिधिसभाले राष्ट्रपति छान्न सक्ने अधिकार रहेको छ । तर चुनावपछिको नयाँ प्रतिनिधिसभाबाट राष्ट्रपति छान्ने प्रावधान रहेको छ ।

यसपटकको चुनावमा प्रतिनिधिसभाका सबै ४३५ सिटमा नै मतदान हुँदैछ । त्यसकारण चुनावपछि प्रतिनिधिसभाको परिदृश्य अहिलेको भन्दा फरक पनि हुनसक्नेछ । अमेरिकाको प्रतिनिधिसभामा अहिले डेमोक्र्याट्सहरुको बहुमत रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी इतिहासमा यस्तो तीनपटकसम्म भएको छ । सन् १८०० को राष्ट्रपति चुनावमा, सन् १८२४ को राष्ट्रपति चुनावमा र १८३६ को उपराष्ट्रपति चुनावमा यस्तो आकस्मिक अवस्था श्रृजना भएको थियो । यस्तो अवस्था आउँदा राष्ट्रपति चुन्ने अधिकार हाउसलाई र उपराष्ट्रपति चुन्ने अधिकार सिनेटलाई प्राप्त हुन्छ ।

कहिलेकाँही इलेक्टरहरुले धोका दिएको खण्डमा समेत २७० मत प्राप्त नहुने अवस्था आउनसक्छ । २०१६ को चुनावमा केही इलेक्टरहरुले भोट हाल्न अस्वीकार समेत गरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com