टेक्सासको एउटा सिटीमा धाराको पिउने पानीमा मष्तिष्क खाने अमिबा, प्रकोपको घोषणा
प्रकाशित मिति : आश्विन १०, २०७७ शनिबार

टेक्सासको लेक ज्याक्सन सिटीमा धाराको पिउने पानीमा मान्छेको मष्तिष्क खाने अमिबा भेटिएपछि उक्त सिटीमा प्रकोपको घोषणा गरिएको छ । पिउने पानी अमिबाबाट दुषित पाइएपछि उक्त सिटीमा पानी प्रयोग नगर्न आदेश समेत जारी गरिएको थियो । तर अहिले उक्त आदेश हटाएर पानी उमालेरमात्र प्रयोग गर्न आदेश दिइएको छ ।
UPDATE 9/26, 10 PM: The City of Lake Jackson is lifting its Do Not Use Water Advisory. Boil Water Notice is in effect along with add'l precautionary measures. https://t.co/gc2EZ6mE5b pic.twitter.com/WWodex5PK6
— Texas Commission on Environmental Quality (@TCEQ) September 27, 2020
ब्राजोरिया काउन्टीको लेक ज्याक्सन सिटीले जीवन, जनस्वास्थ्य र सम्पत्तिको जोखिमको सामना गरिरहेको भन्दै उक्त सिटीले राज्यबाट संकटकाल घोषणाको माग गरेको छ । पिउने पानी दुषित भएकाले बिरामी र मृत्युको जोखिम हुनसक्ने भन्दै सिटीका तर्फबाट गभर्नरलाई पत्र लेखिएको छ ।
मेयर बब सिपलले यो घटना गम्भिर प्रकारको रहेकाले सिटीले आफै नियन्त्रण गर्न नसक्ने बताएका छन् । सुरुमा ८ वटा समुदायलाई पानी प्रयोग नगर्न चेतावनी दिइएको थियो तर शनिबार लेक ज्याक्सनका सबैलाई पानी प्रयोग नगर्न चेतावनी दिइएको थियो ।
#BREAKING: city of @LakeJacksonTX issues a disaster declaration after a brain-eating amoeba is detected in its water system. Right now, a DO NOT USE WATER advisory has been issued for Lake Jackson. #khou11
— David Gonzalez (@DavidGonzKHOU) September 26, 2020
सिटीका २७ हजारभन्दा धेरै बासिन्दाहरु उक्त जल योजना अन्तरगत रहेका छन् । पानी सम्पूर्ण रुपमा फ्लस गरेर परीक्षण नगर्दासम्म पानी नउमाली प्रयोग नगर्न दिइएको चेतावनी कायम रहने जनाइएको छ ।
TCEQ Investigators are on the scene in Lake Jackson to conduct water sampling.
The Brazosport Water Authority has lifted the Do Not Use Water Advisory for all areas except Lake Jackson. #TakeCareOfTexas pic.twitter.com/5pOk0sHGOE
— Texas Commission on Environmental Quality (@TCEQ) September 26, 2020
कहिलेसम्म पानी सुरक्षित भएको निष्कर्ष निकालिनेछ भन्नेबारे केही स्पष्ट छैन । त्यहाँको पानीको श्रोत ब्राजोस नदि रहेको छ । सुरुमा ६ बर्षको एकजना बच्चालाई मष्तिष्क खाने अमिबा संक्रमण भएको पाइएपछि यसबारे सिटीले थाहा पाएको हो ।