न्युयोर्क राज्यमा कोरोना संक्रमितको संख्या बढेर जुन ५ यताकै सबैभन्दा धेरै


प्रकाशित मिति : आश्विन १०, २०७७ शनिबार

new york corona mask

न्युयोर्क राज्यमा कोरोना संक्रमितको संख्या बढेर जुन ५ यताकै सबैभन्दा धेरै पुगेको छ । न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोले शुक्रबार झण्डै साढे ३ महिना यताकै सबैभन्दा धेरैजना संक्रमित पुष्टी भएको जानकारी दिएका छन् ।

जुन ५ यता एकैदिनमा न्युयोर्कमा एकहजार बढी संक्रमित पुष्टी भएको यो नै पहिलोपटक हो । शुक्रबार ९९ हजार ९ सय ५३ जनामा परीक्षण गरिएकोमा एकहजार ५ मा कोरोना संक्रमण पुष्टी भएको थियो ।

जुलाईको अन्तिमदेखि सेप्टेम्बरको सुरुवातसम्म औषतमा हरेक दिन ६६० जना संक्रमित पुष्टी भएका थिए । तर शुक्रबारसम्मको सातदिनको अवधिमा औषत दरपनि बढेर ८१७ पुगेको छ ।

न्युयोर्कको ब्रुकलिन र क्वीन्समा कोरोना संक्रमण बढ्यो, कुन स्थानमा कति?

न्युयोर्क सिटीको ब्रुकलिन र क्वीन्सका कैयन स्थानमा कोरोना संक्रमणमा उल्लेख्य बृद्धि भएको छ । कैयन स्थानमा झण्डै ७ प्रतिशतसम्म कोरोना संक्रमण देखिएपछि चिन्ता व्यक्त गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युयोर्कको ग्रेभसेण्ड र होमक्रिस्टमा परीक्षण गरिएकाहरुमध्ये ६ दशमलव ७३ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ । मिडउडमा ५ दशमलव २२ प्रतिशतमा र क्यु गार्डेनमा ३ दशमलव ५३ प्रतिशतमा संक्रमण देखिएको छ ।

एजमेयर र फार रकवेमा ४ दशमलव शुन्य ३ प्रतिशतमा संक्रमण पुष्टी भएको छ । बोरो पार्कमा ४ दशमलव २ प्रतिशतमा संक्रमण देखिएको छ । म्यापेल्टन र बेन्सनह्रस्टमा ३ दशमलव ८१ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ ।

त्यस्ते रेगो पार्कमा २ दशमलव ४६ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ । क्यु गार्डेन हिल्स र पोमोनोकमा २ दशमलव ३६ प्रतिशत संक्रमण देखिएको छ । केन्सिङटन र विन्डस्र टेरेसमा २ दशमलव ३१ प्रतिशतमा संक्रमण देखिएको छ । म्यानहटन बीच क्षेत्रमा २ दशमलव २१ प्रतिशतमा संक्रमण देखिएको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com