सर्वोच्चका न्यायाधिसको पदावधि १८ बर्षमा सिमित गर्ने बिल ल्याउँदै हाउसमा डेमोक्र्याट्स


प्रकाशित मिति : आश्विन ९, २०७७ शुक्रबार

capitol hill

अमेरिकाको तल्लो सदन प्रतिनिधिसभाका डेमोक्रेटिक सांसदहरुले सर्वोच्चका न्यायाधिसको पदावधि बढीमा १८ बर्षसम्म हुनेगरी विधेयक ल्याउने तयारी गरेका छन् । आगामी साता सदनमा ल्याइने उक्त विधेयकमा ४ बर्षको कार्यकालमा राष्ट्रपतिले बढीमा २ जनामात्र न्यायाधिस नोमिनेट गर्न पाउने व्यवस्था गरिएको छ ।

अहिले भने अमेरिकाको सर्वोच्च अदालतमा न्यायाधिसहरु जीवनभर रहन सक्ने प्रावधान रहेको छ । न्यायालयलाई राजनीतिकरण हुनबाट रोक्न र विश्वसनियता कायम राख्न यस्तो खालको प्रावधानसहितको विधेयक ल्याउन लागेको डेमोक्रेटिक सांसदहरुले बताएका छन् ।

supreme court USA
फोटो: क्लेयर एन्डरसन

सर्वोच्चकी न्यायाधिस रुथ बेडर गिन्सबर्गको निधनपछि राष्ट्रपति डोनालड ट्रम्पले न्यायाधिसको नाम सिफारिस गर्ने तयारी गरिरहँदा सांसदहरुले यस्तो बिल ल्याउने तयारी गरेका हुन् । डेमोक्रेटिक सांसदहरुलेमात्र ल्याउने यो बिल रिपब्लिकन बहुमत रहेको सिनेटमा भने अगाडि बढ्न तत्काल सम्भव देखिन्न ।

९ जना न्यायाधिस रहेको सर्वोच्च अदालतमा अहिले ५ जना रिपब्लिकन र ३ जना डेमोक्रेटिक नियुक्त न्यायाधिसहरु रहेका छन् । राष्ट्रपति ट्रम्पले नोमिनेट गरेका न्यायाधिस नियुक्त भएमा ६ जना रिपब्लिकन नियुक्त र ३ जना डेमोक्र्याट्स नियुक्त न्यायाधिस हुनेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रिपब्लिकन नियुक्त न्यायाधिसहरु कन्भजरभेटिभ र डेमोक्र्याट्स नियुक्त न्यायाधिसहरु लिबरल भएकाले यसले अमेरिकाको राजनीतिक परिदृश्यमा कैयन बर्षसम्म असर गर्नेछ । चुनावको मुखमा नयाँ न्यायाधिस नियुक्त गर्न नहुने डेमोक्र्याट्सहरुले तर्क गर्दै आएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com