ओबामा दम्पत्ति विश्वमै सबैभन्दा धेरै प्रशंसा गरिएका व्यक्ति, दोश्रोमा बिल गेट्स, तेश्रोमा सी जिङपिङ


प्रकाशित मिति : आश्विन ९, २०७७ शुक्रबार

बेलायती डाटाफर्म युगोभले सार्वजनिक गरेको एउटा सर्वेक्षण अनुशार पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामा र उनकी पत्नी मिशेल ओबामा विश्वमा सबैभन्दा बढी प्रशंसा गरिएका व्यक्तिको सुचीमा उच्च स्थानमा परेका छन् । ओबामाले पहिलोपटक माइक्रोसफ्टका संस्थापक तथा समाजसेवी बिल गेट्सलाई पछाडि पारेका हुन् ।

सन् २०१४ देखि नै सबैभन्दा बढी प्रशंसा गरिएका व्यक्तिमा अहिलेसम्म बिल गेट्स रहेका थिए । तर यसपटक भने बिल गेट्स दोश्रो नम्बरमा परेका छन् । तेश्रो नम्बरमा भने चीनका राष्ट्रपति सी जिङपिङ परेका छन् ।

मिशेल ओबामा दोश्रो बर्षपनि सबैभन्दा प्रशंसा गरिएका महिलामा पहिलो नम्बरमा परेकी छिन् । एन्जेलिना जोली विगतमा विश्वमा प्रशंसा गरिएमा महिलामा पहिलो नम्बरमा भएपनि अब दोश्रो नम्बरमा परेकी छिन् । क्वीन एलिजावेथ द्वितीय भने तेश्रो नम्बरमा परेकी छिन् ।

सर्वेक्षणमा ४२ देश र भूभागका ४५ हजार भन्दा धेरै व्यक्ति सहभागी रहेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने प्रशंसा गरिएका व्यक्तिको सुचीमा १५ औं नम्बरमा रहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com