टेक्सासमा एउटामात्र इन्जिन भएको विमान दुर्घटना, सवार सबैको मृत्यु


प्रकाशित मिति : आश्विन ४, २०७७ आईतबार

टेक्सासमा भएको विमान दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । सानो विमानको इन्जिनमा खराबी आएपछि आकस्मीक अवतरण गर्न खोज्दा दुर्घटना भएको हो ।

एउटामात्र इन्जिन भएको विमान हिलटप लेक विमानस्थलमा दुर्घटनाग्रस्त भएको हो । विमानमा ४ जनामात्र सवार रहेका थिए । सवार सबैको मृत्यु भएको हो ।

मृत्यु हुनेमा २ जना पुरुष र २ जना महिला रहेका छन् । विमान अस्टिनबाट लुजियाना जाँदै गरेको जनाइएको छ ।

विमानको प्रकारबारे स्पष्ट भएको छैन । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ । विमान स्थानीय समय अनुशार विहान १० बजेर ५० मिनेटमा दुर्घटनाग्रस्त भएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com