अमेरिकाको सर्वोच्च अदालतकी लिबरल न्यायाधिस रुथ बेडर गेन्सबर्गको निधन


प्रकाशित मिति : आश्विन २, २०७७ शुक्रबार

अमेरिकाका सर्वोच्च अदालतका न्यायाधिस रुथ बेडर गेन्सबर्गको ८७ बर्षको उमेरमा निधन भएको छ । उनी सन् १९९३ मा अमेरिकाको सर्वोच्च अदालतमा न्यायाधिस नियुक्त भएकी थिइन् ।

उनी सर्वोच्चमा लिबरल न्यायाधिसका रुपमा परिचित थिइन् । अमेरिकाको सर्वोच्च अदालतका ९ न्यायाधिसहरुमध्ये ५ जना कन्जरभेटिभ र ४ जना लिबरल रहेकोमा लिबरल न्यायाधिस गेन्सबर्गको निधन भएको हो । सर्वोच्च अदालतका प्रधानन्यायाधिस जोन रोबर्टस कन्जरभेटिभ मानिन्छन् ।

रुथ बेडर सन् १९९३ मा राष्ट्रपति बिल क्लिन्टनबाट सर्वोच्चको न्यायाधिसमा नियुक्त भएकी थिइन् । विगत केही बर्षदेखि उनले अमेरिकामा अध्यागमन, समलिंगी विवाह, मतदान अधिकार लगायतका कैयन सामाजिक र राजनीतिक विषयहरुमा प्रगतिशिलताको पक्ष्रामा मतदान गर्दै आएकी थिइन् ।

उनी क्यान्सरबाट पीडित थिइन् । किमोथेरोपी दिइएपनि उनी दैनिक कामकाज गर्न सफल रहदै आएकी थिइन् । सन् १९८० देखि सन् १९८३ सम्म भने उनी अमेरिकाको पुनरावेदन अदालतमा न्यायाधिस रहेकी थिइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com