२० लाख बढी न्युयोर्कबासीलाई पठाइयो ९ सय डलर, अनलाइन एकाउन्टमार्फत हेर्न सकिने


प्रकाशित मिति : आश्विन १, २०७७ बिहीबार

कोरोना महामारीका कारण काम गुमाएका झण्डै २० लाख योग्य न्युयोर्कबासीहरु र सेप्टेम्बर १५ को बेलुका ५ बजेसम्म प्रमाणिकरण गरिसकेकाहरुलाई तीनसाताको ९ सय डलर पठाइएको छ । उक्त रकम शुक्रबार विहानसम्म खातामा देखिनेछ । केही बैंकहरुले भने प्रकृयामा लामो समय लगाउने भएकाले सोमबारसम्म खातामा देखिने भएको छ ।

न्युयोर्क डिपार्टमेन्ट अफ लेवरले रकम पठाए नपठाएको चेक अनलाइन एकाउन्टमार्फत गर्न सक्नुहुनेछ । यदि रकम पठाइसकेको खण्डमा तीनसाताको ९ सय डलर अनलाइन एकाउन्टको रकम पठाएको इतिहास सेक्सनमा गएर हेर्न सकिनेछ । पहिले नै योग्य नभएका र सेप्टेम्बर १५ को बेलुका ५ बजेसम्म प्रमाणिकरण नगरेकाहरुको सन्दर्भमा भने रकम प्राप्त हुन केही समय लाग्नेछ ।

अहिलेसम्म प्रमाणिकरण नगरेकाहरुले अझै पनि डकुसाइन वा फोनमार्फत प्रमाणिकरण गर्नसक्नेछन् । तर उनीहरुलाई पालैपालोगरी रकम पठाइने न्युयोर्क डिपार्टमेन्ट अफ लेवरले जनाएको छ ।

पहिले नै योग्य भएका र प्रमाणिकरण गर्न नपर्नेहरुलाई बेरोजगारी विमा वा महामारी बेरोजगारी सहायता रकमका अतिरिक्त साप्ताहिक ३ सय डलर पाउन योग्य रहेको इमेल न्युयोर्क डिपार्टमेन्ट अफ लेवरले पठाएको थियो । तर झण्डै ४ लाख ३५ हजारलाई भने उक्त रकम प्राप्त गर्न पुन प्रमाणिकरणका लागि इमेल पठाइएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनीहरुलाई पनि डिपार्टमेन्ट अफ लेवरले डकुसाइनमार्फत इमेल पठाएको छ । इमेलमा डकुसाइनमार्फत लेबर डिपार्टमेन्टको इमेल आएको छ भने यथाशीघ्र प्रमाणिकरण गर्न सुझाव दिइएको छ । तर यदि पहिले नै योग्य भएको इमेल वा टेक्स्ट मेसेज पनि आएको छैन र डकुसाइनमार्फत प्रमाणिकरणको इमेल पनि आएको छैन भने ८३३ ४९१ ०६३२ मा फोन गरेर प्रमाणिकरण गर्नसकिन्छ ।

योग्य व्यक्तिले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश अनुशार अगस्त १ को सातादेखि नै तीनसातासम्मको रकम प्राप्त गर्नेछन् । योग्य भएको इमेल प्राप्त गरिसकेकाहरुले रकम प्राप्त गर्नका लागि कुनै कदम चाल्नुनपर्ने जनाइएको छ ।

झण्डै २४ लाख न्युयोर्कबासीहरु अतिरिक्त साप्ताहिक ३ सय डलरका लागि योग्य रहेको जनाइएको छ । उनीहरुलाई अहिले तीनसाताको ९ सय डलर एकमुष्ठ र अरु थप तीनसाताको रकम गरी कुल १८ सय डलर प्राप्त हुने सम्भावना रहेको छ । महामारीको समयमा न्युयोर्क राज्यले झण्डै ३५ लाखलाई झण्डै ४४ बिलियन डलर प्रदान गरिसकेको छ ।

अहिलेसम्म संघीय आपतकालिन व्यवस्थापन एजेन्सीले न्युयोर्कबासीहरुका लागि तीनसाताका लागि साप्ताहिक ३ सयका दरले रकम निकाशा गरिसकेको छ । अगस्त २, अगस्त ९ र अगस्त १६ को साताका लागि रकम निकाशा भइसकेको न्युयोर्क राज्यको डिपार्टमेन्ट अफ लेबरले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com