अब दोश्रो चरणको १२ सय डलर र बेरोजगार विमा रकम सहितको बिल पारित नभएसम्म हाउस चालु


प्रकाशित मिति : भाद्र ३०, २०७७ मंगलबार

कोरोनाभाइरस राहत प्याकेजमा सहमति कायम नहुँदासम्म अमेरिकी संसदको प्रतिनिधिसभा चालु रहने स्पीकर न्यान्सी पेलोसीले स्पष्ट पारेकी छिन् । छुट्टीपछि प्रतिनिधिसभाको कारवाही सुचारु भएको छ तर अहिलेसम्म कोरोना सम्बन्धि राहत प्याकेजमा सहमति भने कायम हुन सकेको छैन ।

मंगलबार हाउस डेमोक्रेटिक ककससँगको कन्फ्रेन्स कल बैठकमा पेलोसीले सहमति कायम नहुँदासम्म हाउस छुट्टीमा नजाने बताएकी छिन् । तर उनले सानो राहत प्याकेजमा सहमति नजनाउने समेत स्पष्ट पारेकी छिन् । अक्टोबर २ मा हाउसको कामको तालिका समाप्त भएपछि अधिकांश सांसदहरु भने आफ्ना डिस्ट्रिक्टहरुमा फर्कने सम्भावना रहेको छ ।

अक्टोबर २ पछि सांसदहरु फर्केपनि नेताहरुले भने ह्वाइटहाउससँग सहमतिको प्रयास गरिरहने जनाइएको छ । सहमति कायम भएको खण्डमा सांसदहरु क्यापिटल हिलमा फर्कनेछन् । डेमोक्र्याट्सहरु २ दशमलव २ ट्रिलियनभन्दा तलको बिलमा सहमत नहुने पक्षमा रहेका छन् भने ह्वाइट हाउस १ ट्रिलियनभन्दा अगाडि बढेको छैन ।

गत हप्ता सिनेटमा रिपब्लिकनले ल्याएको ६५० बिलियन डलरको बिल भने डेमोक्र्याट्सहरुले अगाडि बढ्न दिएनन् । आवश्यक ६० भोट प्राप्त गर्न नसक्दा उक्त बिल पारित हुन नसकेको छ । डेमोक्र्याट्सहरुले भने ३ दशमलव ४ ट्रिलियन डलरको बिल हाउसबाट पहिले नै पारित गरिसकेका छन् ।

राहत प्याकेजमा अगस्तको पहिलोसाता देखि नै गाँठो फुक्न सकेको छैन । दोश्रो चरणको १२ सय डलरको चेक पठाउने विषयमा दुबैपक्ष सहमत रहेका छन् । तर काम गुमाएकाहरुलाई साप्ताहिक ६ सय डलर बर्षको अन्त्यसम्म लम्बाउनेमा रिपब्लिकनहरु सहमत छैनन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com