तीस वर्षीय ‘मिस्टर यूके नेपाल २०१६’ रचित कुंवरको लन्डनमा निधन


प्रकाशित मिति : भाद्र २५, २०७७ बिहीबार

मिस्टर यूके नेपाल २०१६ रचित कुंवर (लाल) को लन्डनमा ‘हार्ट अट्याक’ का कारण निधन भएको छ ।

करिब तीस वर्षीय कुंवरको बुधबार दिउसो झण्डै एक बजे साउथ इष्ट लन्डनस्थित निवासमा निधन भएको नेपाली लिंकले जनाएको छ । उनको ‘कार्डियक अट्याक’ का कारण निधन भएको बताइएको छ ।

घट्ना लगत्तै एम्बुलेन्समा आएका प्यारामेडिक्सले एक घण्टा प्रयास गर्दा पनि उनलाई बचाउन नसकेको बताइएको छ ।

स्वर्गीय कुँवर ‘यूके नेपाल फेडेरेसन अफ बडीबिल्डिङ एन्ड फिटनेस’ (यूकेएनएफबीएफ) ले आयोजना गर्ने ‘मिस्टर यूके नेपाल’ प्रतियोगिताको सन् २०१६ का विजेता हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लकडाउनका कारण महिनौंसम्म नेपालमा रोकिएका 
कुंवर दुई दिन अघि सोमबारमात्र लन्डन उत्रिएका थिए ।

लामो समयदेखि लन्डन बस्दै आएका रचित परिवारसहित अष्ट्रेलिया बसाइ सर्ने तयारीमा थिए । उनका बाबु आमा नेपालमा छन् । अविवाहित कुंवरका दुई दिदी छन् भने उनी एक्लो छोरा हुन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com